2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

बेसीशहर–चामे सण्डक खण्ड अवरुद्ध

भदौ २५, बेसीशहर | आइतबार बेलुकादेखि लगातार परेको पानीका कारण आएको पहिरोबाट हिमालपारिको जिल्ला मनाङ जाने सण्डकखण्ड अवरुद्ध भएको छ । 

बेसीशहर नगरपालिका–६ बेलौतीबिसौना नजीकै उत्तिसघारी खरखरेमा पहिरो जाँदा बेसीशहर–चामे सडक अवरुद्ध भएको हो । पहिराका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् । 

सदरमुकाम बेसीशहरबाट तीन किलोमिटरमा रहेको खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीयवासी बताउँछन् । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले स्थानीय तथा पैदलयात्रुलाई सजग रहन आग्रह गरिएको बताए ।

“पहिरो खसेको थाहा पाउनासाथ प्रहरी परिचालन गरेका छौं । पैदलयात्रुले यात्रा गर्न पाएका छैनन् । बेसीशहर खण्ड र मस्र्याङ्दी गाउँपालिका खण्डमा (पहिरो गएको स्थान नजीकै ) प्रहरी परिचालन गरेका छौँ”, उनले भने, “पहिरो रोकिनासाथ सडक खुलाउछौँ ।” 

ठूलो पहिरो खसेकाले सवारी आवागमन बन्द भएको छ भने पदैलयात्रुलाई समेत सास्ती भएको छ ।

प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गत वर्ष पहिरोपछि राखिएका ग्याबिन बगेर सडक भासिएको छ भने माथिबाट पहिरो खसिरहेको छ । 

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो नियन्त्रणका दीर्घकालीन उपाय खोज्न डिभिजन सडक कार्यालय तथा सम्बन्धित सरकारी निकायलाई बारम्बार घच्घचाए पनि सुनुवाइ नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता