2026-06-30 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आगलागी पिडीतलाइ थप राहात वितरण 

dadelo

शँकर के सी । चैत्र २९ सल्यान । सल्यानको धनवाङमा आगलागीबाट घर जल्दा घरबार विहिन भएका पिडित परिवारलाइ थप राहात सामाग्रि हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले धनवाङ गाउँ कमिटीले कपुरकोटमा व्यापारि तथा अन्य विभिन्न व्यक्तिबाट संकलन गरेको राहात सामग्री पिडित परिवारको घर आज धनवाङ ५ मा पुगेर हस्तान्तरण गरिएको हो ।

एमाले धनवाङका अध्यक्ष भुपाल बुढाको अध्यक्षता तथा एमाले सल्यानका उप सचिव भिम बहादुर सेनको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा ३५ हजार रुपैया बराबरको विभिन्न सामग्री सार्की भण्डारि, ठक बहादुर भण्डारि, लोक बहादुर भण्डारिको परिवारलाइ हस्तान्तरण गरिएको एमाले धनवाङका उपाध्यक्ष चित्र बहादुर थापाले जनाउनुभएको छ ।

पिडित परिवारलाइ नेपालि काग्रेस सल्यानका सदस्य अब्दुल रहमान काजि र एमाले धनवाङका सदस्य रुद्रविर कवरले ६।६ जोर बालबालिकाको लागी लगाउने कपडा सहयोग गर्नुभएको छ ।

ग्रिनपिस होटल कपुरकोटका भुपाल साहुले चामल, तेल लगाएतका दैनिक उपभोग्य सामाग्रि हस्तान्तरण गर्नुभएको छ । यस्तै अखिल नेपाल महिला संघ इलाका नम्बर ३ का अध्यक्ष तारादेवि सेन र सदस्य धनसरि भण्डारिले पनि पिडित परिवारलाइ विभिन्न लत्ता कपडा सहयोग गर्नुभएको छ ।

एमाले सल्यानका उपसचिव भिम बहादुर सेनले नगद रु २ हजार, एमाले धनवाङका निवर्तमान अध्यक्ष हरिलाल पुनले रु १ हजार, गाँडापानी निवासि नवराज सेनले रु १ हजार, पेशागत महासंघ सल्यानका उप सचिव देवेन्द्र सेन, एमाले धनवाङका उपाध्यक्ष चित्र बहादुर थापा लगाएतकाले चामल तथा अन्य विभिन्न व्यक्तिहरुले पनि नगद सहयोग गर्नुभएको छ ।

राहात हस्तान्तरण कार्यक्रमको सहजिकरण प्रेस चौता िनेपाल सल्यानका निवर्तमान सचिव सन्तोष जिएमले गर्नुभएको थियो । धनवाङ ४, ५ र ८ को दुइवटा सामुदायिक वनमा लागेको आगो वस्ती सम्म फैलिएर बुधवार राती दुइ घर र एक गोठ जल्दा १५ लाख ७४ हजार भन्दा बढि क्षती भएको थियो । सुख्खायाम संगै सल्यान लगाएत देशभर आगलागीका घटना बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ