2026-09-08 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालमा आएका विरामी जंगलमा शौच गर्छन

चैत्र ३०, सल्यान । जिल्ला अस्पताल सल्यानमा शौचालयको अभावमा विरामीले जंगलको प्रयोग गरिरहेका छन । विरामीले प्रयोग गर्नका लागि अस्पतालमा ६ वटा शौचालय भएतापनि एउटा बाहेक कुनैपनि शौचालय प्रयोगमा आएका छैनन ।

सुरक्षित सुत्केरीका साथै, एपेन्डिक्स, हर्निया, हाइड्रोसि र पाइल्स जस्ता अप्रेशन गर्नमिल्ने अस्पतालमा दैनिक १५ देखि २० को संख्यामा रहेका विरामी र तिनका कुरुवाले प्रयोग गर्ने १ मात्रै शौचालय संचालनमा आएकोमा विरामीले झनझन सास्ती झलेका छन । विरामीले जंगलको प्रयोग गरे त जंगलमा नै त्यसको दुर्घन्ध हुन्थ्यो तर अस्पतालको हातामा नै दिसा गरिदिने भएकाले झन बाताबरणमा नै समस्या देखिएको छ अस्पतालका डाक्टर प्रदिप यादव भन्छन ।

अरु त अरु विरामीको ल्याव टेस्टका लागि दिसा, पिसाव र विर्य जाँच गर्नें विरामीले समेत जंगलको प्रयोग गरिएको अस्पतालका ल्याप असिस्टेन्ट भिम रोकाले जनाएका छन । अस्पतालका डाक्टर सचिन यादवले पानिको समस्या र विरामीले प्रयोग गरेको प्याड शौचालयको प्वालमा राखेकाले यस्तो समस्या आएको बताएका छन । जंगलको विचमा रहेको अस्पतालमा सुविधा सम्पन्न शौचालय निर्माण गरिएका भएतापनि प्रयोगमा आएका छन ।

शौचालयको सरसफाई गर्नलाई अस्पताल विकास समितिले पहल गरेपनि प्राविधिक स्टामेट अनुसार एउटा शौचालयका लागि ३ हजार मात्रै छुट्याइएको र त्यसमा कुनैपनि कामदारले काम नगरेपछि काम हुन नसकेको समितिका अध्यक्ष हरि केसीले जनाएका छन । उनले अस्पतालमा अहिले ट्याङ्करबाट भएपनि पानीको व्यवस्था गरिएको र शौचालयको समस्या केहिदिनमा नै हल गर्ने गरि काम गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल