२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन दिनभर लाग्ने

२०७५, २६ भाद्र मंगलवार ०६:३१

भदौ २६, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सो स्थानमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो । खनालले भने, ‘निकै ठूलो पहिरो छ, पन्छाउन दिनभर लाग्छ ।’

सो ठाउँमा तीन लोडर र दुई एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । १०० मिटर सडक पहिरोले ढाकेको छ । खनालका अनुसार १०० मिटर माथिबाट ठूला ढुङ्गासहितको पहिरो झरेको हो । 

चार किलोमा अहिलेसम्मकै ठूलो पहिरो खसेको खनालले बताए । सोही सडकको गाईघाट, जलबिरे, कालिखोला, १७ किलोलगायतका ठाउँमा पनि पहिरो खसेका छन् । ती ठाउँका पहिरो सानो भएकाले छिट्टै सफा गर्न सकिने आयोजनाले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको जनाइएको छ । 

सडक बन्द भएसँगै यात्रु प्रभावित भएका छन् । हरितालिका तीजको आज दरखाने दिन भएकाले माइत जाने, आउने सयौँ महिला सडकमै बिचल्लीमा परेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण