२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ४ पुग्यो

२०७५, २८ भाद्र बिहीबार ०८:२७

भदौ २८, लमजुङ | मस्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो । 

सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुरुङको शव आज बिहान फेला परेको हो भने एकजना अझै बेपत्ता छन् । पहिरोमा पुरिएर बुधबार मस्याङ्दी–३ खुदी पल्लोटारीका ६० वर्षीया अभिरुपा थापा, १० वर्षीय सिराक थापा र मस्याङ्दी–४, श्रीचौरीकी अन्दाजी ४५ वर्षीय विष्णु गुरुङको मृत्यु भएको थियो । 

बुधवार मस्याङ्दीले बगाएका दुईजना अझै बेपत्ता छन् । बेशीशहर नगरपालिका–१० चितिमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारूलाई मस्याङ्दीको भेलले बगाएको हो । उनीहरु बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिकाका हुन् ।

बाढीले उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाकै विभिन्न ठाउँमा चार घर, एउटा ट्र्याक्टर र तीन मोटरसाइकल बगाएको छ । बाढी पहिरोबाट जिल्लामा अहिलेसम्म नौजना घाइते भएको जिल्ला प्रकोप व्यवस्थापन समितिले जनाएको छ । 

निरन्तर पहिरो खसेका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध छ । अवरुद्ध सडकखण्डअन्तर्गत मस्याङ्दी–४ घोप्टेभिरमा २० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । उनीहरुको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिए पनि सुरक्षित अवतरण हुन नसक्दा उद्धारमा कठिन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला