२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

झुटा तमसुकबाट ब्रम्हालुटः ५० हजार ऋण दिएको एक बर्ष मै ११ लाख बढिको तमसुक

२०७५, ३० भाद्र शनिबार ०५:४९

प्रेम सुनार | भदौ ३०, गुल्मी ।  केहि दिन अघि प्युठानका एक ब्यक्तिले गुल्मीका एक बृद्धलाई  जम्मा ६ हजार रुपैयाँ दिएर १० लाखको तमसुक बनाई उनको १० रोपनी  जमिन दृष्टी पास गराएको समाचार सम्प्रेषण भए लगत्तै ति ब्यक्तिबाट ठगिने थुप्रै ब्यक्तिहरुले   उनको कर्तुत विरुद्ध आवाज उठाउन थालेका छन ।  प्युठान जिल्ला झिम्रुक गाउँपालिका वडा नम्वर २, वाँदीकोटका अन्दाजी ५२ बर्षिय रेकमबहादुर खत्रीको कर्तुत  बिरुद्ध आवाज उठाईएको हो । 

बर्षऔ आफ्नै गाउँमा कैयौं सोझा साझी र अनपढहरुलाई आफु खुशी तमसुक लेख्दै ठेकी काट्दै ब्याजको स्याज गराउँदै बिल्लबाँठ पार्दै आई रहेका छन रेकमबहादुरले  । गोरेटोबाटोमा गाउँ गाउँ र घर घरमा ऋण दिन र असामी उठाउनका लागि उनले मोटर साईकलको साटो घोँडा चढ्ने गरेका छन । मान्छे हेरेर  बोलीमा  मिठास पनि छ र धाक धम्की पनि उति कै छ भन्छन स्थानियहरु । उनी विरुद्ध हात हाल्नु भनेको अरिङ्गालको गोलामा हात हाल्नु जस्तै हो भन्छन स्थानियर थरिकाम हुन्छन ।

५० हजार ऋण लिए तर तमसुक ११ लाख ४४ हजारको

उनिबाट पिडित मध्येका वादीकोट कै देवबहादुर घर्ति मगर भन्छन –‘ म सोझो मान्छे हुँ । ईन्डियामा नोकरी गर्छु ।  पोहर साल रेकमबहादुर बाट ५० हजार ऋण लिएका थियौं । मेरी श्रीमतिले एक पटक ३२ हजार लगेर तिरिन । अर्को पटक २० हजार रुपैयाँ लगेर तिरिन । पछि त ११ लाख ४४ हजारको तमसुक बनाएर जिल्ला अदालत प्युठानमा मुद्धा दिए । ’ उनले त्यो मुद्धा जितेर यति बेला हामीलाई थात न बासको अवस्थामा पुराएका छन ।

उनले थपे–‘साह्रै अन्यायमा परियो । उनि बिरुद्ध यो गाउँमा मुख खोल्न सकिन्न  । यहाँ मसालको दवदवा छ । त्यसैको आडमा उनले मेरो मात्रै होईन यहाँका थुप्रै सोझा साझीलाई सुकुम्वासी बनाएका छन । उनकै भाई मिनबहादुर घर्तिले एक लाख ऋण लिएको एक बर्षमा २ लाख ३३ हजारको तमसुक बनाईयो  । देवबहादुर घर्ति मगरबाट  ११ लाख ४४ हजार साँवा र अदालतले तोकेको ब्याज सहित १२ लाख ५६ हजार ४ सय ९३ रुपैयाँ ३२ पैसा असुल उपर गर्ने  फैसला भएको छ । उक्त तमसुकका साँछीहरु गुल्मीको साविक मलागिरी ५ का जुमानसिंह खड्का ,  लेखक एवं साँछी कृष्ण सेन वलि , मदाने ६ पुर्कोटदहका चिन्ताबहादुर कुँवर , सोही स्थानका भिमबहादुर कुँवर , अर्घाखाँची अर्घातोष ७ का मानबहादुर घर्ति । घर्तिको घर रेकमबहादुरको घर धेरै टढा पर्दछ ।  


स्थानिय समाज सेवी रुमलाल खनाल भन्छन–‘ यहाँका गरिव सोझा साझीलाई  त रेकमबहादुरले विल्लीबाँठ नै पारेका छन ।  घर्ति मगर बन्धुहरुले लिएको रकम ढाँटेका होईनन । रेकमबहादुर प्रमाण जुटाउनमा खप्पीस छन । साँझी बस्नेहरु उनका त्यही कारोवारका एउटै ग्याङ्गका  हुन ।

दिएको पाँच हजार ऋण तमसुक १ लाख ६० हजारको

वारी गुल्मी पुर्कोटदहका ताकमान थापा , चिन्दबहादुर कुँवर , गोकर्ण बिष्ट , अर्घाखाँचीका मानबहादुर घर्ति तमसुकका साँझी हुने गरेका छन । अरु पनि उनको ग्याँङ्गमा भएको खनाले बताउँछन । मलागिरीको पुर माविमा ४० साल देखि दुुई तिन रोपनी जग्गा मेरो जमिन हो भन्दै आएका छन ।   प्यठान झिमु्रक–१ बडाचौरका कमल सावतले ५ हजार ऋण लिएकोमा रेकमबहादुरले १ लाख ६० हजारको तमसुक बनाए ।

१७ हजार लिएको ३३ महिनामा १ लाख ९७ हजार

समाचार लेख्दा लेख्दै फेरी अर्का पिडितको फोन आयो । गुल्मीको मादने गाउँपालिका वडा नम्वर ५ मलागिरीका विमल खड्काले ३३ महिना अघि रेकमबहादुरबाट १७ हजार लिएको  बताए । उनले भने ३३ महिना पछि मलाई १ लाख ९७ हजारको तमसुक बनाएर ठगेका छन । स्थानिय समाज सेवी भन्छन रेकमबहादुरको अर्को नाम रकम बहादुर हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस