२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

डएसपि शाहीद्धारा पत्रकारसँग परिचयात्मक तथा अन्तरक्रिया

३० भाद्र २०७५, शनिबार ०८:०१

कमल रावल | भदौ २९, अछाम | अछामका प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहीले जिल्लामा क्रियाशिल पत्रकारसँग परिचयात्मक तथा अन्तरक्र्रिया कार्यक्रम गर्नु भएको छ । हालै मात्र सरुवा भएर अछाम आउनु भएका डिएसपि शाहीले समग्र जिल्लाको शान्ति सुरक्षालाई आगामि दिनमा प्रभाबकारि बनाउन संञ्चारकर्मिको सुझाब, सल्लाह सहीत साथ आवश्यकता हुने भएकाले परिचयात्मक कार्यक्रम गर्नु भएको हो । 


संञ्चारकर्मिसँग कुराकानी गर्दै डिएसपि शाहीले जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । आफ्नो कार्यालयबाट उपलब्ध गराउन सकिने सुचना आदानप्रदान सहीत संञ्चारकर्मिसँगको सहकार्य समन्वयलाई बढउने जानकारी दिनु भयो । 

समाजिक अभियानको कार्यको थालनी प्रहरीले मात्र गरेर नहुने भएकाले बर्दि बिनाको प्रहरी नागरिक समेत भएकाले अबैध मदिरा नियन्त्रण, सरसफाई अभियान जस्ता कार्यमा सहयोग गर्न आग्रह गर्नु भयो । कानुनी कारबाहीका हिसाबले प्रहरी नागरिक सरह भएकाले कारबाहीका लागि ठोस योजना प्रहरीसँग नभएकाले सामान्य सम्झाई बुझाई अगाडी बढ्न सकिने जानकारी दिनु भयो । 

आफु अछाम पुग्ने बित्तिकै स्थानिय जनप्रतिनिधीसँग प्रहरीको समन्वय त्यती राम्रो नभएको जानकारी आएकाले संञ्चारकर्मिको समन्वय सहीत आगामि दिनमा स्थानिय तहसँग समन्वय कसिलो बनाउदै लैजाने बताउनु भयो । परिचयात्मक तथा अन्तरक्र्रिया कार्यक्रममा ईनिसप्केटर टेक बहादुर रावत, भाष्कर चन्द लगाएत जिल्ला स्थित छापा तथा ईलेक्ट्रोनिक माध्याममा कार्यरत संञ्चारकर्मिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला