२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

५७ वर्षीय वृद्दबाट ६ वर्षीय दुई बालिका बलात्कृत, यस्तो छ घटनाक्रम

३० भाद्र २०७५, शनिबार ११:११

भदौ ३०, कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडीमा ६ वर्षका दुईजना नाबालिकालाई बलात्कार गरेको आरोपमा ५७ वर्षका वृद्ध पक्राउ परेका छन् ।

बेल्डाँडी गाउँपालिका–२, ढकनियाका ६ वर्षीय २ बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५७ वर्षीय बृद्ध राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । विष्टले विद्यालय जाने क्रममा बालिकालाई ललाइफकाई बलात्कार गर्ने गरेको पीडित बालिकाकी आमाले बताइन |

‘मैले वैशाख १५ गतेबाट छोरीलाई स्कुल भर्ना गरेकी थिए’, पीडितकी आमाले भन्नुभयो, ‘त्यसले त्यही बेलादेखि नै छोरीलाई बलात्कार गर्ने गरेको रहेछ ।’

विस्तारै बालिकाले विद्यालय जान छोडेको र आफूले गाली गरेर पठाउँदा ५/६ वटा सुरुवाल लगाएर विद्यालय जाने गरेको उहाँले बताउनुभयो ।

‘स्कुलबाट आएपछि योनाङ्ग दुख्यो भन्दै रुन्थि’, उहाँले भन्नुभयो, ‘मैले सोचे ५/६ वटा सुरुवाल लगाएर जान्छे । त्यही भएर पाछ्यो होला ।’

‘त्यसले स्कुल नजाने कारण कहिल्यै पनि मसँग भनिन्’, उहाँले भन्नुभयो, ‘मलाई पनि त्यतातिर ध्यान गएन ।’ उहाँका अनुसार ती बालिकामाथि भएको यौन दुव्र्यवहार र बलात्कार गरेको बालिकासँगै जाने साथिले देखेकी रहिछिन् ।

‘त्यसले कहिल्यै पनि भनिन्, किन दुख्यो भनेर’, उहाँले भन्नुभयो, ‘तर, अस्ती मेरी छोरीसँग स्कुल जाने बालिकाको बहिनीले आफ्नी आमालाई एउटा मान्छेले दिदीलाई यस्तो गर्छ भनिछन् ।’

‘शुक्रबार गौरा हेर्न गएको बेला कताबाट त्यो कुरा बाहिर आएछ’, उहाँले भन्नुभयो, ‘मेरी सासूले सुनेपछि मेरी नातानीकी साथीको घरमा गएर म सोध्छु । त्यसले देखेकी छ कि भनेर भन्नुभएछ ।’

उहाँका अनुसार घरमा आएर सासूले आफ्नी नातिनीसँग साध्दा बालिकाले आफू र अर्की बालिकालाई बलात्कार हुने गरेको स्वीकार गरिन् । विष्टले बालिका विद्यालयबाट फर्किदा पसलमा कुरेर बस्ने र चाउचाउ, बिस्कुट दिएर बलात्कार गर्ने गरेको उहाँले बताउनुभयो ।

‘हामीले त हिजो राति ९ बजे मात्रै छोरीमाथि भएको बलात्कारको बारेमा थाहा पायौं’, पीडतकी आमाले भन्नभयो, ‘राति उजुरी गर्ने कुरै आएन् । शनिबार बिहान इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले त्यसलाई पक्राउ गरेको छ ।’

पीडित परिवारले घटनाबारे शुक्रबार थाहा पाएपछि विष्ट विरुद्ध शनिबार इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएका थिए । प्रहरीले नाबालिकालाई बलात्कार गर्ने राजेन्द्र विष्टलाई पक्राउ गरेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

गएको वैशाखको घटना भए पनि परिवारले शनिबार मात्रै उजुरी दिएकाले विष्टलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी कृष्णराज ओझाले बताउनुभयो । उहाँले बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो