२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको महायज्ञमा पहिलो दिन मै उत्साहजनक सहयोग

३० भाद्र २०७५, शनिबार १७:३०

प्रेम सुनार | भदौ ३०, गुल्मी । उपल्लो तम्घास माध्यामिक बिद्यालयले आज देखि सुरु गरेको गुल्मी रेसुङ्गा धार्मिक तथा शैक्षिक महायज्ञ २०७५ को पहिलो दिन नै आर्थिक संकलन उत्साह जनक रहेको छ । साँझ अबेर सम्म कुल हिसाव जोड्न नसकिए पनि पहिलो दिन मै सोचे भन्दा बढि आर्थिक संकलन भएको आर्थिक समितिका संयोजक देवराज पन्थीले जानकारी दिए ।

उनले भने –‘अहिले म ब्यस्तताका कारण अगाडीका सहयोगदाता आयोजक समितिका संयोजक तथा रे.न.पा . ९ का वडाध्यक्ष नारायण बरलाले १ लाख ११ हजार १ सय १ज्ञ रुपैयाँ  दान दिएको , प्रधानध्यापक रामणी पन्थस्ीले ५५ हजार ५ सय ५५ , तम्घास बसपार्क स्थित पाण्डेय फोटो स्टुडियोका नन्दराम पाण्डेले १ लाख ११ हजार १ सय ११ रुपैयाँ,  पुर्व विद्यार्थी सविता भण्डारी पाण्डेयले ५१ हजार १ सय र कार्यक्रमका प्रमुख अतिथी सांसद कमलराज श्रेष्ठले माता पिता र धर्मपत्नीको स्मृतिमा १ लाख १००  दान दिएको मात्रै भन्न सक्छु , बाँकीको भोली मात्रै जानकारी गराउने छु । ;

 प्रदेश ५ का बिशेष अधिकार समितिका सभापति समेत रहेका सांसद श्रेष्ठले उद्घाटन गरेको महायज्ञमा आयोजकले अपेक्षा गरे भन्दा बढि संख्याको सहभागिता थियो । तम्घास बजारमा गरिएको कलश यात्रामा हजारौका सहभागिता थियो बाजा गाजा , भजन किर्तनको रौनक घरबाट निस्कन नसक्नेहरुले समेत झ्यालबाट हेरिरहेका थिए ।


प्रचार प्रसार समिति संयोजक तथा रे.न.पा. वडा नम्वर ७ का  वडाध्यक्ष मोहनप्रसाद पाण्डेले सामाजिक सञ्जालमा उद्घाटन सत्रको लाईभ देख्न साथ संसारका कुना काप्च सम्म रहेका नेपालीहरुले गरेको घोषणाले छाती फुलिएको बताए ।  तब न नेपाली मन ,–उनले भने–पवित्र कार्यका लागि सारा नेपालीको मन पनि पवित्र हुँदो रहेछ । ’

प्रधानध्यापक राममणी पन्थी कलश यात्रा देखि नै गद्गद थिए । उनले छोटो प्रतिकृया दिदै भने –‘मैले त यति धेरैको सहभागिता र सहयोग पाईला भनेर सोंचेकै थिईन । ’ आयोजक समिति संयोजक नारायण बरालले पहिलो दिनको उत्साहले महायज्ञ सफल हुनेमा आफु बिश्वस्त रहेको बताए । उनले भने–‘ फोन उठाई साध्धे छैन , देश विदेशबाट सहयोग गर्नेहरुको लर्को छ , हामी उहाँहरु प्रति कृतज्ञता जाहेर गर्दछौं ।’

कार्यक्रमका प्रमुख अतिथी सांसद श्रेष्ठले भने–‘सदरमुकाम  मै भएर पनि बत्ति मुनिको अँध्यारो त्यस विद्यालयले फरक क्षमता भएका विद्यार्थीहरुलाई समेत पढायो तर सम्वन्धित निकायबाट मुल्याङनमा पर्न नसक्दा यस्तो भएको हो ,अब हामी समुदायको तर्फबाटै साझा भावनाले यसको बिकास गर्नु पर्छ ।’

कार्यक्रममा नेकपा गुल्मी जिल्ला पार्टीका प्रस्तावित सचिव बुद्धि जिसी , नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ , रे.न.. पा. मेयर डिल्लीराज भुसाल , विश्व हिन्दु महासंघका अध्यक्ष सुरेश भुसाल लगायतले मन्तब्य राखेका थिए ।

यस महायज्ञका प्रमुख वाचक पुरुषेत्तम सास्त्री अहिले सम्मका  कम उमेरका तर वाचन पृथक भएकोले पनि भक्तजनहरुको आकर्षण बढेको आयोजकको ठम्याँई छ । अर्का शैक्षिक अभियान्त शंकर ईश्वरशरण पनि त्यति कै आकर्षणका पात्र हुन । यस अवसरमा करेण्ट चाउँचाउ सहित दर्जनौ ब्यवसायी कम्पनीहरुले पनि आ–आफ्नो विज्ञापन गराउन सफल भएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य