२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको महायज्ञमा पहिलो दिन मै उत्साहजनक सहयोग

२०७५, ३० भाद्र शनिबार १७:३०

प्रेम सुनार | भदौ ३०, गुल्मी । उपल्लो तम्घास माध्यामिक बिद्यालयले आज देखि सुरु गरेको गुल्मी रेसुङ्गा धार्मिक तथा शैक्षिक महायज्ञ २०७५ को पहिलो दिन नै आर्थिक संकलन उत्साह जनक रहेको छ । साँझ अबेर सम्म कुल हिसाव जोड्न नसकिए पनि पहिलो दिन मै सोचे भन्दा बढि आर्थिक संकलन भएको आर्थिक समितिका संयोजक देवराज पन्थीले जानकारी दिए ।

उनले भने –‘अहिले म ब्यस्तताका कारण अगाडीका सहयोगदाता आयोजक समितिका संयोजक तथा रे.न.पा . ९ का वडाध्यक्ष नारायण बरलाले १ लाख ११ हजार १ सय १ज्ञ रुपैयाँ  दान दिएको , प्रधानध्यापक रामणी पन्थस्ीले ५५ हजार ५ सय ५५ , तम्घास बसपार्क स्थित पाण्डेय फोटो स्टुडियोका नन्दराम पाण्डेले १ लाख ११ हजार १ सय ११ रुपैयाँ,  पुर्व विद्यार्थी सविता भण्डारी पाण्डेयले ५१ हजार १ सय र कार्यक्रमका प्रमुख अतिथी सांसद कमलराज श्रेष्ठले माता पिता र धर्मपत्नीको स्मृतिमा १ लाख १००  दान दिएको मात्रै भन्न सक्छु , बाँकीको भोली मात्रै जानकारी गराउने छु । ;

 प्रदेश ५ का बिशेष अधिकार समितिका सभापति समेत रहेका सांसद श्रेष्ठले उद्घाटन गरेको महायज्ञमा आयोजकले अपेक्षा गरे भन्दा बढि संख्याको सहभागिता थियो । तम्घास बजारमा गरिएको कलश यात्रामा हजारौका सहभागिता थियो बाजा गाजा , भजन किर्तनको रौनक घरबाट निस्कन नसक्नेहरुले समेत झ्यालबाट हेरिरहेका थिए ।


प्रचार प्रसार समिति संयोजक तथा रे.न.पा. वडा नम्वर ७ का  वडाध्यक्ष मोहनप्रसाद पाण्डेले सामाजिक सञ्जालमा उद्घाटन सत्रको लाईभ देख्न साथ संसारका कुना काप्च सम्म रहेका नेपालीहरुले गरेको घोषणाले छाती फुलिएको बताए ।  तब न नेपाली मन ,–उनले भने–पवित्र कार्यका लागि सारा नेपालीको मन पनि पवित्र हुँदो रहेछ । ’

प्रधानध्यापक राममणी पन्थी कलश यात्रा देखि नै गद्गद थिए । उनले छोटो प्रतिकृया दिदै भने –‘मैले त यति धेरैको सहभागिता र सहयोग पाईला भनेर सोंचेकै थिईन । ’ आयोजक समिति संयोजक नारायण बरालले पहिलो दिनको उत्साहले महायज्ञ सफल हुनेमा आफु बिश्वस्त रहेको बताए । उनले भने–‘ फोन उठाई साध्धे छैन , देश विदेशबाट सहयोग गर्नेहरुको लर्को छ , हामी उहाँहरु प्रति कृतज्ञता जाहेर गर्दछौं ।’

कार्यक्रमका प्रमुख अतिथी सांसद श्रेष्ठले भने–‘सदरमुकाम  मै भएर पनि बत्ति मुनिको अँध्यारो त्यस विद्यालयले फरक क्षमता भएका विद्यार्थीहरुलाई समेत पढायो तर सम्वन्धित निकायबाट मुल्याङनमा पर्न नसक्दा यस्तो भएको हो ,अब हामी समुदायको तर्फबाटै साझा भावनाले यसको बिकास गर्नु पर्छ ।’

कार्यक्रममा नेकपा गुल्मी जिल्ला पार्टीका प्रस्तावित सचिव बुद्धि जिसी , नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ , रे.न.. पा. मेयर डिल्लीराज भुसाल , विश्व हिन्दु महासंघका अध्यक्ष सुरेश भुसाल लगायतले मन्तब्य राखेका थिए ।

यस महायज्ञका प्रमुख वाचक पुरुषेत्तम सास्त्री अहिले सम्मका  कम उमेरका तर वाचन पृथक भएकोले पनि भक्तजनहरुको आकर्षण बढेको आयोजकको ठम्याँई छ । अर्का शैक्षिक अभियान्त शंकर ईश्वरशरण पनि त्यति कै आकर्षणका पात्र हुन । यस अवसरमा करेण्ट चाउँचाउ सहित दर्जनौ ब्यवसायी कम्पनीहरुले पनि आ–आफ्नो विज्ञापन गराउन सफल भएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस