२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिरो प्वाईन्टदेखि जिपपार्कसम्मको सड्क निर्माण कार्य सुरु हुदै

२०७५, ३१ भाद्र आईतवार ०७:३९

कमल रावल | भदौ ३१ अछाम । मध्ये पहाडी राजमार्ग अन्तर्गत पर्ने बसपार्कको जिरो प्वाईन्ट्देखि जिपपार्क सम्मको सड्क निर्माण कार्य तत्काल सुरु हुने भएको छ । सड्कको सिमा भित्र जग्गा परेका जग्गा धनि र ब्यापारिसँग सड्क निर्माणका लागि छलफलसहित कामको थालनि गरिने भएको छ । 

बाकी काम सकिएपछी बजारको कामको लागि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाही, मध्ये पहाडी राजमार्गको प्रतिनीधी, निर्माण कम्पनीका प्रतिनीधी, ब्यापारि, घरधनि बिच मंगलसेनमा छलफल भएको थियो । बजार सरसफाई अभियानसंगै सड्क निर्माणको काम अगाडी बढेको मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले बताउनु भयो । 


यसअघि नै सबै सहयोग गर्न सकारात्मक भएकाले बसपार्कको जिरो प्वाईन्ट देखि जिपपार्क सम्म १० मिट्र चौडा सडक निर्माण हुने उहाँले बताउनु भयो । मध्य पहाडी राजमार्ग अन्तर्गतको ठेक्काको जिम्मा पाएको चन्द्रा एण्ड बसन्त कन्ट्रक्सनले अन्य क्षेत्रको काम सकेकाले अब बजारमा तत्काले सुचारु गर्ने जानकारी दिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनु भयो । 

आफ्नो काम दुर्त गती सहीत दशैँ अगाबै सक्ने गरिने काम गरिने जानकारी दिएको आचार्यले बताउनु भयो । बसपार्क देखि जिपपार्क सम्मको करिब ८ सय मिटर सड्कको मर्मत कार्य भोलिबाट नै सुचारु हुने मध्ये पहाडी राजमार्गका ईञ्जिनियर तुलाराम शर्माले बताउनु भयो । सडकको नालि, ग्राभेल र पिच गर्ने कार्य तत्कालै सुचारु गर्ने केही अबरोध नआए दशैँ अगाबै कार्य सम्पन्न गरिने शर्माले बताउनु भयो । काम समयमै सम्पन्न गर्नका लागि सबैलाई सहयोग गरिदिन पनी उहाँले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी