४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कैलाश गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि २ करोड ५१ लाख रकम विनियोजित

३१ भाद्र २०७५, आईतवार ०९:५८

भदौ ३१, मकवानपुर | गाँजाखेती विस्थापित गर्न मकवानपुरको एक दुर्गम गाउँपालिकाले कृषिमा ३ करोड रुपैयाँभन्दा बढी रकम विनियोजित गरेको छ । जिल्लाको विकट एवं गाँजा प्रभावित कैलाश गाउँपालिकाले चालू आवको निम्ति कृषि क्षेत्रको विकासका निम्ति २ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाँजाखेती विस्थापित गर्न संघीय सरकारले उक्त गाँउपिलिकालाई १३ लाख र प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिका क्षेत्रबाट गाँजाखेती पूर्ण रूपमा विस्थापित गरेर तरकारी खेती लगायत अन्य नगदेबालीहरू लगाउन कृषकहरूलाई उत्प्रेरित गर्न कृषि क्षेत्रको निम्ति गाउँपालिकाले नै साढे २ करोड रुपैयाँ विनियोजित गरेको गाँउपालिका अध्यक्ष टंकबहादुर मोक्तानले जानकारी दिनुभएको छ। 

गाँजाखेती विस्थापित गर्ने अभियानका निम्ति संघीय र प्रदेश सरकारले पनि ५३ लाख रुपैयाँ उपलब्ध गराएको छ ।कृषि क्षेत्रको विकास नभई गाउँपालिकाको विकास सम्भव नहुने भएकाले कृषि क्षेत्रमा सबैभन्दा बढी बजेट छुट्टयाएको अध्यक्ष मोक्तानले जानकारी दिनुभएको छ।  

 कृषिको उच्च सम्भावना बोकेको कैलाश गाउँपालिकाले स्थानीयको जीवनस्तर उकास्ने योजनासहित उल्लेख्य बजेट छुट्टयाएको हो। 

जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले गाँजा विस्थापित गर्न गत आवमा कृषि क्षेत्रको विकास गर्न एक करोड ७७ लाख रकम विनियोजन गरेको थियो । उक्त विनियोजित रकमले अधिकांश कृषकहरू गाँजा खेती गर्न छाडेर तरकारी खेतीलगायत नगदेबालीतर्फ आकर्षित भएकाले गाउँपालिका उत्साहित भएर गत वर्षको भन्दा कृषि क्षेत्रमा बजेट वृद्धि गरेको हो । गत वर्षको कृषि क्षेत्रमा विनियोजन गरेको बजेटको सकारात्मक प्रभावले गाउँपालिकाबाट गाँजाखेती करिब ९५ प्रतिशतभन्दा बढी विस्थापित भइसकेको बताइएको छ ।

आउँदो मंसिर ३ बाट हेटौँडामा हुने सती श्राप मोचन संकल्प महायज्ञको तयारी तिब्र पारिएको छ।  इच्छा कामना साधना परिवारको आयोजनामा महायज्ञ हुने महायज्ञको तयारी तिब्र पारिएको आज हेटौडामा पत्रकार संम्वेलन गरेर जानकारी दिइएको  हो । महायज्ञको विषयमा जानकारी दिँदै इच्छा कामना साधना परिवारकी केन्द्रीय अध्यक्ष शुष्मा शर्मा बडालले यस्तो महायज्ञ देश भर लगाउने योजना रहेको बताउनु भयो ।  

नेपाललाई सतीले श्राप दिएको देश भन्ने गरिएको र  सती श्राप मोचनको लागि महायज्ञ लगाउनु लागिएको उहाँको भनाई छ।  महयज्ञ बाट संकलित रकमबाट  मकवानपुरमै तिर्थ स्थल निर्माण,  गौशला निर्माण, बृद्धाश्रम तथा शान्ति पार्क निर्माणको लक्ष्य राखिएको उनको भनाई छ । पत्रकार संम्वेलनमा बोल्दै कार्यक्रमका संयोजक महेन्द्रनाथ शर्माले हेटौडामा निर्माण हुन लागेको ५५ फिटको हनुमानको मुर्ति निर्माणको लागि महायज्ञ बाट संकलित रकम खर्च हुने बताउनु भएको छ। हेटौँडाको गोरक्षश्वर मन्दीर परिषरमा हुने महायज्ञ १६ दिनसम्म चल्ने छ ।  महायज्ञमा करिब २ करोड खर्च हुने अनुमान आयोजकको रहेको छ । हेटौँडामा सती श्राप मोचन संकल्प महायज्ञहुनु गौरबको विषय भएको भन्दै मुल आयोजक समितिका सहसंयोजक सुन्दर शाहीले सबै मिलेर महायज्ञ सम्पन्न गर्न सहयोग गर्नुपर्नेमा जोड दिए । महायज्ञमा नेपालभरबाट भक्तजनहरुलाई हेटौँडासम्म ल्याउने तयारी समेत आयोजकले गरेको शाहीले बताए ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ पर्ता (साविक हाँडीखोला गाविस वडा नम्बर २) मा मृगौला रोगबाट पिडीत एक बालकलाई भदौ ३० गते १ लाख ६८ हजारभन्दा बढी सहयोग प्रदान गरिएको छ ।

पर्ता निवासी अखिल कुमार मोक्तानको कक्षा १० मा अध्ययनरत १४ वर्षीय छोरा अमित मोक्तानलाई स्थानीय नोर्साङ जिम्बा तामाङको रोहोबरमा प्रवासका अभियान्ताहरुबाट संकलित १ लाख ६८ हजार ५ सय ३० रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो । लामो समय देखि दुबै मृगौला फेल भइ आफ्नो अध्ययन समेत स्थगित गर्न बाध्य भएका मोक्तानको परिवारको आर्थिक स्थिती समेत दयनीय र कमजोर भएका कारण पीडित अमितको मृगौला प्रत्यारोपण गर्नको लागि युवा समाजसेवी नोर्साङको पहलमा भदौ १५ गते देखि फेसबुकमार्फत राहत संकलन अभियान सञ्चालन गरिएको थियो । सोही अभियान अन्तर्गत प्रवास  स्थित सिन्धुपाल्चोक सेवा समाज कुवेतका महिला संयोजक तथा सामाजिक अभियान्ता कृति गोले र सदस्य संगिता लोप्चनको विशेष पहलमा सिन्धुपाल्चोक सेवा समाज  कुवेतले ७२ हजार ८ सय ४५, मलेसियाको जोरबारुमा कार्यरत राजु मुक्तानको पहलमा उनको कम्पनीमा कार्यरत साथीहरुबाट संकलित ३५ हजार ६ सय ८५ र लेवनानबाट बोम्जन सोनीको रोहोबरमा उनका साथीहरुबाट संकलित ६० हजार गरी १ लाख ६८ हजार ५ सय ३० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो ।मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेती, वडा नम्बर १ का वडा अध्यक्ष शिव खनाल, वडा प्रतिनिधि तथा अन्य जनप्रतिनिधिसहित तात–तातो खबरका पत्रकार भाग्य नेपाली सहितको प्रत्यक्ष उपस्थितिमा पीडित अमित मोक्तानलाई उनकै निवासमा आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै अभियान्ता नोर्साङ जिम्बा तामाङले आगामी दिनहरुमा पनि प्रवास स्थित तामाङ संघसंगठन लगायत अन्य संस्थाहरु प्रति यस्तै सहयोगको अपेक्षा गर्दै अमित मोक्तानको जिवन बचाउन आग्रह गरे । उनले सिन्धुपाल्चोक सेवा समाज कुवेतका महिला संयोजक कृती गोले, संगिता लोप्चन, राजु मोक्तान र सुनिता तामाङ लगायतलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ