२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङद्वारा जानकी मन्दिरको दर्शन

३१ भाद्र २०७५, आईतवार १६:०२

भदौ ३१, खोटाङ | ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङको टोलीले धनुषामा रहेको जानकी मन्दिरको दर्शन एबं भ्रमण गरेका छन् । नेपालको मुख्य–मुख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शनका लागि दिक्तेलदेखी शुक्रबारबाट निस्केको ९५ जना बृद्धबृद्धाहरुले हिजो जानकी मन्दिरको दर्शन एबं भ्रमण गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको करीव सवै वडाका जेष्ठ नागरिकहरुलाई समेटेर भ्रमणका निस्केको टोलीमा एकजना पत्रकार र एकजना स्वास्थ्यकर्मी रहेका छन् । शुक्रबार साँझमा जानकी मन्दिरको दर्शन गर्ने भनिएता पनि दिक्तेल रत्नपार्कमा सडक बिग्रेकाले दुई घण्टा गाडी फसेकाले हिजो विहान मात्रै दर्शन गरिएको ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । जानकी मन्दिरमा बृद्धबृद्धाहरुलाई खोटाङ हलेसी सेवा समाज काठमाण्डौका अध्यक्ष कर्णराज कटुवालले फुलमाला लगाई दिएर स्वागत गर्नु भएको थियो । 


गोसाईकुण्ड तिर्थ यात्रा प्रालि र जय जाल बा माई तिर्थयात्रा प्रालिको जिम्मामा भ्रमणमा निस्केका बृद्धबृद्धाहरुले जानकी मन्दिरमा रहेको गर्भगृह, सूरकिशोर दासजी, सिंहासन, सुनैना जनक मन्दिर, धनुष महायज्ञ, जानकीजीको चन्द्रिका, विवाह मण्डप, लक्ष्मण मन्दिर, जनक मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर, संकटमोचन मन्दिर, शिव मन्दिर, नगर डिहबार मन्दिर, रामानन्द आश्रम, मणिमण्डप, तोताद्रि मठ, रानीपाटी मन्दिर,गंगासागर, धनुषसागर लगायतको दर्शन एबं भ्रमण गरेका छन् । जानकी मन्दिरमा रामनवमी, जानकीनवमी, विवाह पञ्चमी, झुला, दशै,दीपावली, छठ, ग्रहण, चौठचन्द्र आदि विशेष श्रद्धा र भक्तिका साथ मनाईन्छ । 

यसैविच, सोही धार्मिक भ्रमणमा रहनुभएका हाम्रा सहकर्मी चिसाङ शेर्पाले जानकी मन्दिर दर्शन एबं भ्रमण गर्न पुगेका केही बृद्धबृद्धालाई भ्रमणपछि कस्तो अनुभव गर्नुभयो भनेर सोध्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य