पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १, ओखलढुङ्गा |</b> उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । एक विदेशी नागरिकसहित आठ जना घाइते भएका छन् । <br></p><p>विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै मृत्यु भएको घुर्मीका ट्राफिक इञ्चार्ज रामकुमार साहले जानकारी दिनुभयो । उनी कुन देशको नागरिक भन्ने खुल्न सकेको छैन । </p><p>काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको ना१ज ७९६९ नं को जीप उदयपुरको कटारी नगरपालिका– १४ घुर्मी बजार नजिक दुर्घटना भएको हो । जीप सडकबाट करीब एक सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । </p>

