२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर साउद समाज आयोजकको अध्यक्षमा विरेन्द्र साउद

२०७५, ३ आश्विन बुधबार ११:२७

भाष्कर के.सी | आश्विन ३, कञ्चनपुर | समाजमा रहेका गरीब र निम्न आय भएका वर्ग तथा विपन्न परिवारलाई आय आर्जन गर्ने सीप मुलक र आय मुलक कार्यक्रमहरु सञ्चालन गरि आत्म निर्भर बनाउने साथै समाजमा रचनात्मक कार्यहरु गर्दै समयको गतिको साथ साथै तिब्र रुपमा वृद्धि भई रहेको मानवसमाजले वेहोनु परिरहेका अनेकौ समस्या एवम वाधा व्यवधानहरु पहिचान गरि समाजमा सक्दो सेवा गर्दै अगाडि बढने उद्देश्यका साथ आज (बुधबार) संविधान दिवसको अवसर पारी साउद समाज आयोजक समितिको गठन गरिएको छ ।

नेपालको जुन सुकै भागमा बसोबास गरीरहेका साउद समुदायको वंशावली, गोत्र, र तामपत्र आदि आवश्यक कुराहरु संकलन गरी लेख तथा मुखपत्र खडा गर्ने समाजमा धार्मिक समाजिक एवंम आर्थिक क्षेत्रमा आइपर्ने बाधा अडचनहरुमा सहयोग पुर्याई समस्या निराकरण गर्न आजको विश्वव्यापीकरणको समयमा सञ्चारको माध्यमले विश्वलाई साघुरो बनाइ रहेको अवस्थामा हामी साउद भाइ बन्धुहरुमा एक आपसमा चिनजान हुन नसकिरहेको अवस्थामा यस साउद समाजको गठन गरी सम्पुर्ण साउद समाजलाई एकत्रित गरि बनसावली निर्माण गर्ने र साथै समय प्रवेश अनुसार साउद समाजलाई विभिन्न रचनात्मक कार्यगरी  अगाडी बढाउनुको साथै समाजमा अन्य वर्गहरु सँग पनि समन्वय गरी समाज तथा देश विकासको लागि सहयोग गने साउद समाजका अध्यक्ष विरेन्द्र साउदले बताउनु भयो । 

बुधबार भएको भेला आयोजक समितिमा लाल सिह साउदको अध्यक्षता रहेको थियो उक्त कार्यक्रममा अतिथी सावद सेवा समितिका केन्द्रिय सल्लाहाकार संयोजक खडक साउद रहनु भएको थियो । आज भएको भेलाले अध्यक्षमा विरेन्द्र सिह साउद, लगायत १३ जना सदस्य रहेका छन् भने १ जना सल्लाहाकार संयोजक डा. राजकुमार साउद गरी ९ जना सल्लाहकार सदस्य रहेका छन् । त्यसगरी पछि १–१ जना सदस्य र सल्लाहाकारमा थप हुने गरी साउद समाजको चयन गरिएको छ ।

केहि महिना भित्रै जिल्ला भेला गराई जिल्ला कार्य समितिको चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस