असोज ३, सल्यान । संविधान दिवसको अवसरमा सल्यानको कपुरकोट गाउँपालिकाले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाभित्र रहेका माध्यामिक विद्यालयहरुको विचमा भएको हाविरिजवाफ प्रतियोगीतामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौर प्रथम भएको छ । यस्तै जीवनज्योती मावि रीमले द्धतीय र विरेन्द्र मावि गर्पाले तृतीय स्थान हाँसिल गर्न सफल भएको छ ।

प्रथम, द्धतीय र तृतीय हुने विद्यालयलाइ क्रमशः ३ हजार ५ सय, २ हजार ५ सय, १ हजार ५ सय र प्रमाणपत्र एवम् मायाको चिनो स्वरुप कपुरकोट डायरि प्रदान गरिएको थियो । यस्तै प्रतियोगितामा सहभागी कालिका मावि कपुरकोट र भवानी मावि छायाँनाथलाइ पनि प्रमाणपत्र र डायरि प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारि दिएका छन् ।

सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले संविधान कार्यान्वयनमा सबै लाग्नुपर्नेमा जोड दिएका छन् । उनले कपुरकोटका समृद्धि र विकासमा सबै हातेमालो गरि अघि बढ्न आवश्यक रहेको बताए ।

शंकर के सीले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष तिला बुढा मगरले आफुहरु आवश्यक ऐन कानुन हरु निर्माण गर्दै योजनाबद्ध तरिकाले गाउँपालिकाको विकासमा लागीरहेको बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेन, ४ का अध्यक्ष हरिलाल पुन, ५ का अध्यक्ष यम कुमार वस्नेत, ६ का अध्यक्ष हेरम बहादुर बुढाथोकी, शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम कुमार केसी, पत्रकार महासंघ कर्णालिका सदस्य सन्तोष घर्ती लगाएतकाले संविधान दिवसको शुभकामना व्यक्त गरेको थिए ।

September 19, 2018
समाज, सल्यान - SLN
सल्यानमा संविधान दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगीता सम्पन्न
By kit
4 मिनेट पढाइ