२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

उपल्लो तम्घास महायज्ञ सफलः झण्डै ८० लाख संकलन, पहिचो फर्काएन कांग्रेसले

२०७५, ६ आश्विन शनिबार १५:५१

प्रेम सुनार | असोज ६, बुटवल | दैनिक जसो झरी–बर्षा र तिज पर्वको आ–आफ्नो रमझममा ब्यस्त मानिसका बाबजुद पनि गुल्मीको सदरमुकाममा रहेको उपल्लो तम्घस माध्यामिक विद्यालयले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सव–२०७५ सफल भएको छ ।  भदौ–३० गते देखि सुरु भएको महायज्ञको समापनको दिन सम्म झण्डै ८० लाख रुपैयाँ संकलन भएको छ । 

मुल आयोजक समिति , आर्थिक उपसमिति सयोजक देवराज पन्थीले जानकारी दिए । उनका अनुसार  अरु थप हिसाव जोड्न बाँकी बाहेक आज  आठौं र अन्तिम दिन सम्म ७८ लाख  १ हजार ९ सय २१ संकलन भएको छ । कार्यक्रमको समापनका प्रमुख अतिथी पुर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सबै एकमत भई महायज्ञ सफल पार्ने आयोजक र सहयोगी सबैलाई धन्यवाद दिए । 

फरक क्षमता भएका  वालवालिकाहरुलाई समेत अध्यान गराउने र सदरमुकाममै बत्ति मुनीको अँध्यारोको स्पष्ट उदाहरण भएको त्यस विद्यालयलाई माथी उठाउन आफ्नो सधैव साथ रहने उनले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सो पार्टीका गुल्मी जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ, ‘सचिव खिलध्वज पन्थी लगायतको आतिथ्यता रहेको थियो ।


हिजो करिव २४ लाख संकलन भएको थियो भने आज १२ लाख भन्दा बढि संकलन भएको आयोजकले जनाएको छ । तिन दिन सम्म झरी प¥यो । चार दिन जति तिज पर्वको आफ्नै रमझममा मानिसहरु हुँदा पनि यति रकम उठ्नु र हरेक दिनको सहभागिता भब्य हुनुलाई  सफल ठानेका छौं मुल आयोजक समिति संयोजक तथा वडा नम्वर ९ का वडाध्यक्ष नारायण बरालले भने हामी सबै सहयोगी र दानविरहरु प्रतिकृता जाहेर गर्दछौं । 

देश विदेशमा कार्यरत एउटै टोल उपल्लो तम्घासमा ३१ ज्ना ईञ्जिनियर रहेको पाईएको छ । ईञ्जिनियर पारश पन्थी र कृष्णप्रसाद पन्थीको  संयोजनका ति ईञ्जिनियरहरुले आज ३ लाख १६ हजार ५ सय ५१ रुपैयाँ संकलन गरी महायज्ञमा दान गरेका छन । तम्घास सोता कै यमकान्त पाण्डे र धर्मपत्नी यमकली पाण्डे र छोराहरु, कृष्ण, गोपाल, वेद मोहन पाण्डे र छोरीहरुले आज सबै भन्दा बढि १ लाख ३३ हजार ५ सय ३३ रुपैयाँ दान गरेका छन ।

रेसुङ्गा नगरपालिकाका कर्मचारीहरुले ७२ हजार २ सय २५ रुपैयाँ दान गरेका छन । हिजो  सोही पालिका प्रमुख डिल्लीराज भुसालले १ लाख २७ हजार दान गरेका थिए । चिन्तामणी निमकला प्रतिष्ठानका अध्यक्ष नन्दराम भुसालले ५१ ह्जार दान गरेका छन । दानविर सबैको नामवाली बिद्यालयले भोली देखि सार्वाजानिक गर्ने प्रधानध्यापक लालमणी पन्थीले जानकारी दिए ।

प्रधानध्यापक पन्थीले सफल पार्न सहयोग पुराउने सबै प्रति धन्यबाद ज्ञापन गर्दै गौरव महशुस गरेको प्रतिकृया दिए ।

प्रचार प्रसार समिति संयोजक तथा वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले प्रतिकुल मौसम र चाड पर्वको रमझमका वावजुद पनि महायज्ञमा ब्यापक सहभागिता जुटेको प्रति  खुशी ब्यक्त गर्दै हातमा हात मिलाउने सबै प्रति आभार प्रकट गरे । 


विद्यालयलाई कृषि व्यवसायिक तथा सुविधा सम्पन्न विद्यालय सञ्चालन र शैक्षिक विकासका लागि यो शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन गरिएको हो । भागवत मधुकर पण्डित पुरुषोतम शरण शास्त्रीको प्रमुख वाचकतत्वमा शैक्षिक क्रान्त्रीका अभियान्ता ईश्वर शरण महाराजको संगितमय प्रर्बचनमा महायज्ञ सम्पन्न भएको हो । 

महोत्सवका सचिवालय संयोजक गौतम  का अनुसार सबै भन्दा उदाहरणीय काम जिल्लामा सम्भवतः पहिलो पटक उपल्लो तम्घासकी दलित समुदायकी बृद्धा ईन्द्रमाया सुनारको महायज्ञ मण्डपमै राखेर पण्डितहरुले चौरासी पुजा गराई दिएका छन ।  महायज्ञ विभेद रहित सनातन रह्यो ।  सम्भवतः जिल्ला मै पहिलो पटक बिद्यालयहरुको महायज्ञमा दलित समुदायका नारायण बरालले नेतृत्व गरेर ईतिहास रचेका छन । 


पालाको पहिचो फर्काएन कांग्रेसले 

विद्यालय ब्यवस्थापन समितिमा पुर्व एमालेको यति बेला बर्चस्व छ । पुर्व एमाले जनलाई यहि डर थियो कि पालाको पैंचो फर्काउँ छ कि कांग्रेसले भन्ने थियो । एक दशक अघि  कांग्रेसले नेतृत्व गरेको त्यस विद्यालयले देउँसी भैलो खेलेर विद्यालयका आर्थिक गर्जो टार्ने प्रयास गर्यो ।

तत्कालिन एमालेजनले देउँसी भैलोको दान पाँच पाँच रुपैयाँ  सहयोग गर्छौ भन्दै त्यति नै दिदै दिन्छौ उपहास गरेका थिए । त्यही डर थियो पुर्व एमाले जनलाई ।यति बेला कांग्रेसजनले त्यो पालाको पैंचो फर्काएनन बरु मुख खोले । हिजो कांग्रेस निकट नेपाल  विद्यार्थी संघका नेता एवं उपल्लो तम्घासवासी सुवास मरासीनीले मुख खोले । देउँसी भैलोमा दिएको पाँच रुपैयाँ दानको कार्यक्रम स्थल मै स्मरण गराएका थिए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस