२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विकास र विस्तारमा चिन्तित हुन जरुरी: नगरप्रमुख

७ आश्विन २०७५, आईतवार ०९:५८

असोज ७, महेन्द्रनगर | भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विकास र विस्तारमा सबैले चिन्तत हुनु पर्नेमा जोड दिएका छन् ।

सत्तारुढ नेकपा आवद्ध प्राध्यापकहरुको भेलामा नगर प्रमुख विष्टले विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि सबैले गम्भीर हुनु पर्ने जनाए । ‘विश्वविद्यालयको विकास र विस्तारका लागि सबैले चिन्तित हुन जरुरी छ’ नेकपा पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले भने,‘के कस्ता सुधार गर्न सकिन्छ, त्यसमा सबै गम्भीर होऔ, सुधार के गर्न सकिन्छ त्यसका लागि एक होऔ, विश्वविद्यालय सुधार आउँछ ।’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना आन्दोलनका अभियन्ता नगर प्रमुख विष्ट सुप विश्वविद्यालय सिनेट सदस्य छन् । 

विश्वविद्यालयसित आफ्नो विद्यार्थी जीवनबाट नाता जोडिएको उल्लेख गर्दै उनले विश्वविद्यालय सुधारका लागि सबै प्राध्यापक, कर्मचारी सबैलाई गम्भीर हुन आव्हान समेत गरे । नगर प्रमुख विष्टले विश्वविद्यालयका सुधारका लागि प्राध्यापकहरुलाई कार्य योजना सहितको अवधारणा बनाउन आग्रह गरेका छन् । भीमदत्त नगरपालिका र विश्वविद्यालयबीच सहयोग र सहकार्यका लागि सम्झौता गरिएको उल्लेख गर्दै आगामी दिनमा नगरपालिकाबाट हुने सबै सहयोग गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्राध्यापकहरुले नगर प्रमुख विष्टलाई विश्वविद्यालय स्थापनाका लागि खेलेको भूमिका स्मरण गराउँदै यसलाई शैक्षिक धरोहर बनाउन पहल गर्न आग्रह गरेका छन् । ‘जसरी तपाईले हिजाको दिनमा विश्वविद्यालय स्थापनाका लागि भूमिका खेल्नु भयो, अहिले सिनेट सदस्य हुनु हुन्छ,’ उप प्राध्यापक उत्तम थापाले, ‘अहिले सुधारका लागि दाईको खाँचो देखियो, यसमा पहलकदमी लिन हुन आग्रह गर्छु ।’

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सञ्चालन हुनु पर्ने एमबीएको पढाई आङ्गिक क्याम्पसबाट गर्न लागिएकोमा चिन्ता जाहेर गर्दै सबैले गम्भीर हुन पर्ने उप प्राध्यापक थापाको भनाई थियो । उप प्राध्यापक खगेन्द्र प्रसाद जोशीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा केही पदाधिकारी र कर्मचारीका कारण गर्नै नहुने कार्य भएकाले त्यसलाई सबैले रोक्नु पर्नेमा जोड दिए ।

उप प्राध्यापक शंकरदत्त भट्टले विश्वविद्यालय सुधारका लागि आन्दोलन गरिएपछि कुलपति र सहकुलपति दुबैले विश्वविद्यालय सुधारका लागि छानबिन समिति गठन गरेकाले सबैले समितिलाई आवश्यक सहयोग गर्नु पर्ने बताए । प्राध्यापक राजेन्द्र प्रसाद जोशीले प्राध्यापक संगठन एकता नभएर केही अन्यौलता देखिएको उल्लेख गर्दै एकीकरणपछि सशक्त भएर जाने बताए । कार्यक्रममा देब सिह नाथ, अजुर्न सिह नेगी, बीर बहादुर सिह, डम्बर सिह बोहरा, विश्वविद्यालय कर्मचारी संघका दिलिप सिह धामी, विनोद जोशी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा पूर्व नेकपा (एमाले) प्रदेश ७ कमिटी सदस्य शंकदत्त बोकटी, भीनपा वडा नं. ६ का वडा अध्यक्ष हरक सिह धामी लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो