२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

दुई कर्मचारीका भरमा गाउँपालिका

८ आश्विन २०७५, सोमबार ०८:१९

पेमा लामा | असोज ८, बनेपा | काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका दुईजना मात्रै कर्मचारीको भरमा सञ्चालन भइरहेको छ । 

जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्देश्यले गठन भएका स्थानीय तहले कर्मचारी अभावका कारण सेवाग्राहीले चाहेअनुसार सेवा दिन कठिनाई भएको हो । प्रदेश नं ३ अन्तर्गतको विकट सो गाउँपालिकामा १७ जनाको दरबन्दी रहेको छ । तर अहिले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्रै रहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले राससलाई बताउनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमोण्ड थापामगरले पनि गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी नभएको बताउनुभयो । त्यस्तै हुनुपर्ने वडा सचिवसमेत नहुँदा गाउँपालिकाको प्रशासनिक काम तथा सेवाप्रवाहमा धेरै समस्या व्यहोर्नु परेको उहाँको भनाइ छ । 

“कर्मचारी पर्याप्त नहुँदा प्रभावकारी रुपमा सेवा दिन सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “जसका कारण यसक्षेत्रका सेवाग्राहीको गुनासो धेरै आइरहेको छ ।” गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले दरबन्दीअनुसार कर्मचारी नहुनु र वडामा वडा सचिव नहुँदा निकै समस्या खेपिरहनु परेको बताउनुभयो । 

“दरबन्दीअनुसार कर्मचारी उपलब्ध गराउन र वडा सचिव पर्याप्त मात्रामा उपलब्ध गराउन भनेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक÷पटक निवेदन पेश गरिरहेका छाँैं, तर कुनै पनि प्रतिक्रियासमेत पाइरहेको छैनौ”, अध्यक्ष जिम्बाले भन्नुभयो, “सधैँजसो हामी व्यवस्थापन गरिरहेका छौंँ भन्ने मात्रै जवाफ दिइरहनु भएको छ ।” उहाँका अनुसार गाउँपालिकाको आठ वडामा अहिले तीन जना मात्रै वडा सचिवले काम गरिरहेका छन् । पर्याप्त वडा सचिव नहुँदा सेवाग्राहीले भन्ने बेलैमा सेवा लिन नपाएको उहाँले बताउनुभयो । 

सचिव पर्याप्त नहुँदा सेवाग्राहीलाई भन्ने बेलामा सेवा दिन नसकेको वडा नं– ६ का वडा अध्यक्ष रमेशकुमार लुङ्गेलीले बताउनुभयो । “वडा सचिव पर्याप्त नभएका कारण सिफारिस लेख्नेदेखि सबै काम आफूले नै गर्नुपर्दा समस्या खेप्नु परिरहेको छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीलाई भन्ने बेलामा सेवा नै दिन गाह्रो भइरहेको छ ।” 

भएका तीन जना वडा सचिवमध्ये अहिले रेवतीरमण निरौलाले वडा नं १, २ र ८, रामचन्द्र ढकालले वडा नं ३, ४ र ५ तथा भरत बस्नेतले ६ र ७ नं वडाको जिम्मा लिएर काम गरिरहेको कार्यालयले जनाएको छ । वडा सचिवको अभावमा जनताको काम प्रभावित नहोस् भन्ने उद्देश्यले अहिले कार्यालय सहयोगी नियुक्त गरी काम गरिरहेको अध्यक्ष जिम्बाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य