२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा अव्यवस्थित पार्किङले गर्दा दुर्घटना बढ्दै

८ आश्विन २०७५, सोमबार ०८:३०

उमा केसी | असोज ८, रोल्पा | व्यवस्थित बसपार्क नहुँदा रोल्पा सदरमुकाम लिवाङका सडक बसपार्कका रुपमा प्रयोग हुन थालेका छन् । साँघुरा सडकमा सवारी साधान पार्किङ गरिएका कारण दुर्घटनाको जोखिम बढेको हो । 

निकै कम मात्रामा सवारी साधन सञ्चालन हुने भालुवाङ–चकचके–लिवाङ सडकखण्ड पक्की भएसँगै बाक्लो सङ्ख्यामा सवारीसाधन भित्रन थालेका र व्यवस्थित बसपार्कको अभावमा सदरमुकामको बजार क्षेत्रमा जथाभावी पार्किङ हँुदै आएकाले दुर्घटनाको खतरा बढ्नुका साथै बजार क्षेत्रको सौन्दर्यमा समेत ह्रास आएको स्थानीयवासीले बताएका छन् । 

सेवाङदेखि रेउघासम्म सडकका साथै मुख्य बजार क्षेत्र (रोल्पा नगरपालिका २ र ४ का भित्री सडक)मा सवारीसाधन राखिँदा पैदलयात्रुलाई समेत आवतजावतमा असहज हुने गरेको गुनासो बढिरहेको छ । सडकमा जथाभावी राखिएका सवारीसधान र तीव्र गतिका मोटरसाइकलका कारण कतिबेला दुर्घटनामा परिने हो भन्ने चिन्ता लाग्ने गरेको र नगरपालिकाले पनि यातायात व्यवस्थापनको काम गर्नुपर्नेमा चासो नदेखाएको स्थानीय व्यापारी राम केसीले बताउनुभयो । 

जिल्ला सदरमुकामलाई केन्द्र बनाएर जलजला यातायात व्यवसायी समिति, रोल्पा यातायात प्रालि, जलजला यातायात प्रालि, आशीर्वाद यातायात प्रालि र हिमताल यातायात प्रालि, स्वर्गद्वारी यातायात, राप्ती यातायात, पाण्डेश्वरी, पश्चिमाञ्जल यातायातलगायतले समेत जिल्लाका विभिन्न स्थानमा सवारी साधन सञ्चालन गरिरहेका छन् । जिल्ला सदरमुकामबाट दाङ, नेपालगञ्ज, बुटवल, पोखरा तथा काठमाडौँसम्म दिवा र रात्रि बस सञ्चालन हुँदै आएका छन् । 

यसैगरी घर्तीगाउँ, सुलिचौर र होलेरी बजार केन्द्रबाट समेत जिल्ला बाहिर सवारी साधान सञ्चालन हुँदै आएको सम्बद्ध यातायात व्यावसायीले जनाएका छन् । आधा दर्जन बढी यातायात व्यावसायी संस्थाले सेवा प्रवाह गरिरहे उनीहरूले सावारी साधन पार्किङको व्यवस्था गर्न सकेका छैनन् । राज्यलाई कर बुझाउँदै आए पनि सवारीसाधनलाई सुरक्षित ढङ्गले पार्किङ गर्ने सुविधा नहुँदा तोडफोड हुनसक्ने खतरा बढ्ने गरेको सम्बद्ध व्यवसायीको गुनासो थियो 

तत्कालीन जिल्ला विकास समितिले रेउघामा बसपार्क निर्माण प्रक्रिया अघि बढाएपनि विवादका कारण काम पूरा नहुँदै बेवारिसे भएको छ । जग्गाधनीहरूले विवाद गरेकाले निर्माण कार्य अवरुद्ध भएको बताइएको छ । स्थानीय निकायको थुप्रो रकम खर्च भए पनि बसपार्क सञ्चालन गर्नेतर्फ कसैको पनि ध्यान नगएकामा स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन् । स्थानीय सरकारसमेत गठन भइसकेकाले अब बसपार्क सञ्चालन गर्नुपर्ने स्थानीय समाजसेवी इन्द्रबहादुर खत्रीले जोड दिनुभयो । 

सदरमुकाम लिवाङमा सानो बसपार्क भएपनि बढ्दो सवारी साधनका लागि पर्याप्त छैन । जलजला यातायात व्यवसायी समितिका बस मात्र सो बसपार्कमा राखिने भए पनि अरु कम्पनीका बस भने सडकमै रहने गरेका छन् । निकट भविष्यमै रेउघास्थित प्रस्तावित बसपार्कमै सवारी साधानको व्यवस्थापन गरिने बताइएको छ । साँघुरा सडकमा अवस्थित गाडी पार्किङको समस्या समाधान गर्न पहल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज कृष्णबहादुर विकले जानकारी दिनुभयो । असोज १५ गतेअगावै सवारी साधान व्यवस्थापन गर्ने गरी काम अघि बढिरहेको छ, इञ्चार्ज विकले भन्नुभयो । 

घर निर्माणका सामग्री पनि सडकमै थुपार्ने र गाडी पनि सडकमै पार्किङ गर्नाले सदरमुकामका सडकमा दुर्घटनाका जोखिम बढिरहेको जलजला यातायात व्यवसायी समितिका प्रशासनिक इञ्चार्ज यज्ञश्वर आचार्यले बताउनुभयो । 

केही समयअघि स्थानीय प्रशासनको समन्वयमा भएको बैठकले असोज ५ गतेभित्र सडकमा गाडी पार्किङ नगर्ने सहमति भए पनि कार्यान्वयन नभएको उहाँको भनाइ थियो । जिल्लामा यातायातका साधनको चाप दिनदिनै बढिरहँदा पनि व्यवस्थित ढङ्गको बसपार्क नहुनु दुःखद् रहेको यातायात व्यवसायीका गुनासोे थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य