२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बयालपाटा अस्पतालद्धारा नयाँ भवनबाट सेवा संञ्चालन

८ आश्विन २०७५, सोमबार १२:०४

पूर्णबहादुर खड्का | असोज ८, अछाम | न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पताल अछामले नयाँ भवनबाट आफ्ना सेवाहरु सुरु गरेको छ । सुबेदी कन्ट्रक्सन जेभीएको निर्माण टोलीले आकस्मिक तथा प्रयोगशाला भएको भवन निर्माण पछि अस्पताललाई हस्तान्त्रण गरेसंगै सेवासुरु गरिएको हो भने यसअघि अस्पतालका लागि अन्तरंग तथा बहिरंग बिभागको निर्माण कार्य सम्पन्न भई संचालनमा आईसकेका छन् । 

आज आईतबार निर्माण टोलीले आकस्मिक तथा प्रयोगशाला भवनको साँचो अस्पताललाई हस्तान्त्ररण गरेसंगै सेवा सुरु गरिएको हो । उक्त भवनमा आकस्मिक, प्रयोगशाला, एक्सरे, फामेर्सी तथा बिरामी नाम दर्ता लगायतका सेवा सुरु भएका छन । अस्पतालका अनुसार करिब ५ महिनाको अवधिमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । 


अब बाँकी रहेका भवन निर्माणको काम पनि समयमै सकिने बयालपाटा अस्पतालका सिनियर ईन्फास्टक्चर एसोसिएट जीवन बोहराले बताउनु भयो । शल्यक्रिया विभागको काम अन्तिम चरणमा रहेको छ भने गर्भवती चेकजाँच भवन निर्माणको काम पनि समयम सिमा भित्रै सकिने लक्ष्य राखिएको समेत उहाँले बताउनु भयो । निरन्तरको प्रयास र कन्ट्रक्सन टोलीको मेहनतले काम समयमै सम्पन्न भएको समेत बोहराले बताउनु भयो ।

नेपाल सरकारको सहयोग तथा न्याय हेल्थ नेपालको लगानीबाट भईरहेको भवन निर्माणको कार्य सुबेदी कन्ट्क्सन जेभीले गरिरहेको न्याय हेल्थ नेपालका लागि प्रदेश प्रमुख (निर्देशक) डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनु भयो । 

अस्पतालले एम्बुलेन्स सेवा बाहेक अरु सबै स्वास्थ्य सेवा निशुल्क रुपममा प्रदान गरिरहेको छ । आज भएको भवन हस्तान्त्ररण समारोहमा साँफेबगर नगरपालिका वडा नं. ७ का अध्यक्ष मिट्ठु भाट प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथी भाटले आफ्नै वडामा अस्पतालले देशकै नमुना भवनहरु निर्माणगरी निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । साँफेबगर नगरपालिकाको वडा नं. ७ विकास र राजनितिका हिसाबले पनि सबैभन्दा अगाडी रहेको भन्दै अध्यक्ष भाटले स्वास्थ्यमा पनि देशकै नमुना भएको प्रशंसा व्यक्त गुर्नभयो । साथै उहाँले अस्पताल वरिपरिको बजारलाई व्यवस्थित बनाउन पहल गर्ने र आन्तरिक श्रोतबाट अस्पताललाई गर्न सकिने सहयोग सदैब गर्न पछि नहट्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । हस्तान्त्ररण कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचन लगायत सबै कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला