२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका सबै स्थानीय तहका शिक्षा शाखा प्रमुखबिहीन

९ आश्विन २०७५, मंगलवार ०५:४८

असोज ९, बैतडी | सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत यहाँका छ गाउँपालिका र चार नगरपालिका अझै शिक्षा शाखा प्रमुखबिहीन बनेका छन् । 

शिक्षा शाखा प्रमुखबिहीन हुँदा जिल्लाका स्थानीय तहले शिक्षासम्बन्धी कामकाज गर्न असहज भएको जनाएका छन् । नगरपालिकामा उपसचिव एक, शाखा अधिकृत एक र एक प्राविधिक सहायक र गाउँपालिकाका एक शाखा अधिकृत र एक प्राविधिक सहायकको दरबन्दी रहेको छ । तर बैतडीका कुनै पनि स्थानीय तहमा त्यो दरबन्दी पदपूर्ति हुनसकेको छैन । 

दरबन्दी पदपूर्ति नहुँदा शिक्षासम्बन्धी कामकाज गर्न समस्या भइरहेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “विकासको मेरुदण्ड मानिएको शिक्षाका कर्मचारी अभावमा कामकाज प्रभावित भएको छ ।” 

संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएको भए पनि शिक्षाका दरबन्दी पदपूर्ति नहुँदा समस्या भएको छ । संविधानको व्यवस्थासँगै नगरपालिकाको नगर शिक्षा शाखाको प्रमुख र गाउँपालिकामा गाउँ शिक्षा शाखामा शिक्षाका अधिकृत खटाइएका हुन् । तर यहाँका स्थानीय तहमा कर्मचारी पुगेका छैनन् । 

साविकमा विद्यालय निरीक्षकको जिम्मेवारीमा रहेका शिक्षाका अधिकृतलाई नै स्थानीय तहमा शिक्षा शाखा प्रमुखका रूपमा खटाइएको थियो । शिक्षा अधिकारी नहँुदा स्थानीय तहमा शिक्षा कार्यक्रम, नीति नियम निर्माण, विद्यालयको व्यवस्थापन, अनुगमन र निरीक्षणको काम प्रभावित भएको छ । 

शिक्षा प्रमुखको जिम्मेवारी स्रोत व्यक्तिलाई 

जिल्लाका कुनै पनि स्थानीय तहमा सरकारी दरबन्दीअनुसार कर्मचारी नहुँदा समस्या हँुदै आएको छ । यहाँका १० वटै स्थानीय तहमा शिक्षाका निजामती कर्मचारी नभएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जनाएको छ । दोगडाकेदार गाउँपालिकामा एक प्राविधिक सहायकबाहेक अन्य स्थानीय तहमा निजामती कर्मचारी नभएको विद्यालय निरीक्षक शङ्करदत्त भट्टले बताउनुभयो । 

स्रोत व्यक्तिले नै हाल जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखा सम्हालिरहेका छन् । उहाँले भन्नुभयो, “कर्मचारी पदपूर्ति नहुँदासम्म स्रोत व्यक्तिलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको छ ।” शिक्षकबाट काजमा रहेका स्रोत व्यक्ति यसअघि विभिन्न क्षेत्रमा खटाइएका थिए । ती स्रोत व्यक्तिले नै अहिले स्थानीय तहका शाखाको जिम्मा पाएका हुन् । 

स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन बन्दा शिक्षा नियमावली बनाउने, विद्यालय मर्ज गर्नुपर्ने काम र शिक्षा बजेट नै खर्च गर्न नसकिने अवस्था रहेको जनाइएको छ । सङ्घीय सरकारले शिक्षाका उपसचिवलाई नगरपालिका र गाउँपालिकामा शाखा अधिकृत खटाइने तयारी भएकाले केही स्थानीय तहमा पदपूर्ति हुने जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय मन्त्रालय मर्ज हुँदा भएको अलमलले समस्या आएको छ, समस्या समाधान हुन्छ ।” 

सरकारी दरबन्दीअनुसार बैतडीमा रहेका छ गाउँपालिका र तीन नगरपालिकामा २४ कर्मचारी दरबन्दी रहेको छ । तर जिल्लाको दोगडाकेदार गाउँपालिकामा एक प्राविधिक सहायकबाहेक अन्य २३ को दरबन्दी हुनसकेको छैन । नगरपालिकामा उपसचिव एक, शाखा अधिकृत एक र एक प्राविधिक सहायक र गाउँपालिकाका एक शाखा अधिकृत र एक प्राविधिक सहायकको दरबन्दी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ