२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा बन्दका कारण यातायात प्रभावित

२०७५, १० आश्विन बुधबार ०७:०१

असोज १०, रोल्पा | विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ । 

जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा जिल्ला बन्द आह्वान गरेको सो पार्टीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका कार्यवाहक सेक्रेटरी विश्वले विज्ञप्ति प्रकाशित गरी पार्टीको शान्तिपूर्ण कार्यक्रममा सहभागी भएका सेक्रेटरी सुवेदीको पक्राउको विरोधमा बन्द आह्वान गरिएको बताउनुभयो । 

जिल्ला सेक्रेटरी सुवेदीसहित जिल्ला कमिटी सदस्य सूर्यलाई हिरासतमा राखिएको सो पार्टीले जनाएको छ । 

जलजला सांस्कृतिक परिवारले धवाङको साउनेपानीमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेरिरहेका सुवेदीलाई प्रहरीले असोज १ गते पक्राउ गरेको सो पार्टीले जनाएको छ । 

प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासत बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् । सन्तोष तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता झक्कु सुवेदीका छोरा हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्