२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा बन्दका कारण यातायात प्रभावित

१० आश्विन २०७५, बुधबार ०७:०१

असोज १०, रोल्पा | विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ । 

जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा जिल्ला बन्द आह्वान गरेको सो पार्टीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका कार्यवाहक सेक्रेटरी विश्वले विज्ञप्ति प्रकाशित गरी पार्टीको शान्तिपूर्ण कार्यक्रममा सहभागी भएका सेक्रेटरी सुवेदीको पक्राउको विरोधमा बन्द आह्वान गरिएको बताउनुभयो । 

जिल्ला सेक्रेटरी सुवेदीसहित जिल्ला कमिटी सदस्य सूर्यलाई हिरासतमा राखिएको सो पार्टीले जनाएको छ । 

जलजला सांस्कृतिक परिवारले धवाङको साउनेपानीमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेरिरहेका सुवेदीलाई प्रहरीले असोज १ गते पक्राउ गरेको सो पार्टीले जनाएको छ । 

प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासत बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् । सन्तोष तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता झक्कु सुवेदीका छोरा हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य