२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव बेचबिखनको आरोपमा बैतडीकी एक महिला पक्राउ

२०७५, १० आश्विन बुधबार १०:५३

असोज १०, बैतडी | मानव बेचबिखनको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ गाँजरीकी २५ वर्षीय देवकी ढाँटलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

पक्राउ परेकी महिला ढाँटमाथि गत असारमा बैतडीको सिगासकी २८ वर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाइफकाइ भारतको बैङ्गलोर पु¥याई बेचबिखन गर्न खोजेको आरोप लागेको छ । यसअघि मङ्गलबार प्रहरीले सोही घटनामा संलग्न डडेल्धुरा आलिताल गाउँपालिका–८ सिस्नेका ४५ वर्षीय गणेश विष्टलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी मुद्दा दर्ता गरिसकेकोे छ । 

पक्राउ परेकी महिलालाई बेच्न लगिएकी महिलालाई भारत लैजान फोन सम्पर्क गराइएको आरोप छ । यसअघि पीडित महिलाले सोमबार गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजीकार्य गरेको थियो । 

मानव बेचबिखनको आरोप लागेका डडेल्धुरा आलिताल–८ का ५० वर्षीय शङ्कर अवस्थी र २८ वर्षीय ललित विक अझै फरार छन् । पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी केही दिन अगाडि मात्रै यहाँ ल्याएका थिए।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा