Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सल्लीबजारमा खानेपानीको अभाव

By साझासवाल

मिना खड्का | असोज १०, सल्यान | सल्लीबजारमा खानेपानीको अभाव भएको छ । वर्षायाममा पनि यहाँका स्थानीयले खानेपानी समस्या भोग्नु परेको गुनासो गरेका छन् । बर्षायाममा पनि यहाँका स्थानीयले प्रति घर दैनिक ३० लिटर पानीले सबै काममा पु¥याउनु परेको परेको दुखेसो गरेका छन् ।

चालु आर्थिक वर्षमा सल्लीबजार बासीले नगनरपालिकालाई ४० लाख भन्दाबढी कर तिरे पनि  बजारबासीले पानीको संकट व्यहोर्नु दुखद भएको स्थानीय व्यापारी गणेश वुढाले बताए । सल्लीबजारको लिफ्ट खानेपानीको ५ करोड भन्दा बढीको आयोजनाको काम उपभोक्ता समिती विवादका कारण ओझेलमा परेको छ । उक्त खानेपानी आयोजनाको रकम उपभोक्ता समिती विवादले गर्दा काम नहुने छनक देखिएको छैन ।

पुरानै मुहानको पानी मर्मत र तत्काल बजारमा खानेपानी आपुर्तीका लागि इनारबाट पानी तान्नको लागि नगरपालिकाको ३ लाख ५० हजार खर्च भएको छ । बजारमा आपुर्ती भएको पुरानो खानेपानीको पाईप लाईन मर्मतमा समेत नगरले ७० हजार खर्चेको छ । उक्त काम समेत राम्रोसँग नहुँदा मुहानको पानी हाल आएर बन्द रहे पछि ७० हजार कहाँ र कसरी खर्च भएको हो भनेर आमनागरिकले चासो व्यक्त गर्न थालेका छन् ।

बजेट अभावका कारण इनारबाट पानी निकाल्ने कार्य सफल नभएको उपभोक्ता समितिका अध्यक्ष शिव ओलीले बताए । प्राविधिकले त्रुटिपुर्ण प्राविधिक इष्टमेट बनाएर रकम अपुग भएकोले उक्त आयोजना असफल भएको उनले बताए । नगरका प्राविधिकले भने ७० हजारले यहाँका स्थानीय व्यक्तीले इनारबाट पानी तानेर उपयोग गरिरहेका छन् भने २ लाख ८० हजार बराबरको रकमले ३ वटा मोटरबाट पुरानै ट्याङ्कीमा पानी खसाउन सकिने गरि इष्टमेट तयार गरेको दावी गरेका छन् ।

नगरले बजारबासीको मागलाई तत्काल मध्यनजर गरेरे छोटै समयका लागि भनेर बजेट विनियोजन गरेको छ । काम अलपत्र रहे पनि नगरपालिकाले कामको जिम्मा लगेका बजार व्यवस्थापन समितीका अध्यक्ष वलीलाई भने काम अधुरै रहेकोले २ लाख ७ हजार मात्रै भुक्तानी दिएको बताइएको छ । बर्षातमै बजारबासीले खानेपानीको चरम संकट झेलिरहँदा समेत यसप्रति जनप्रतिनिधीले बेवास्ता नगरेको बजारबासीको आरोप छ ।