2026-08-25 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

टुहुरा सात बालबालिकालाई सहयोग जुट्दै

असोज ११, खोटाङ | बुबाआमा गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात बालबालिकालाई सहयोग गर्ने हातहरु थपिएका छन् । 

गत साउन १८ गते बुबा चन्द्र किरातको करेन्ट लागेर र विसं २०७३ भदौ १९ गते आमा टलकुमारी राईको गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रूटीका कारण मृत्यु भएपछि उनीहरूका पाँच छोरी र दुई छोराको बिचल्ली भएको हो । 

सात बालबच्चामध्ये १७ वर्षीया जेठी छोरी बुङातुङ (कक्षा–१२), माइली १४ वर्षीया रिमाबुङ (कक्षा–१०), साइली १२ वर्षीया माहुरबुङ (कक्षा–८), काइली दश वर्षीया इलाबुङ (कक्षा–६), गरी चार बालिका बुलापन्थे माविमा अध्ययनरत छन् । यस्तै, आठ वर्षीय जेठो छोरा नाम्साङहाङ (कक्षा–४), छ वर्षीया निवाबुङ (कक्षा–१) र चार वर्षीय कान्छा छोरा तिम्सुङहाङ स्थानीय पारुहाङ प्राविको (बालकक्षा)मा अध्ययनरत छन् । 

दुई वर्षको अवधिमा बुबाआमा दुवै गुमाएपछि सात बालबालिकाको पालनपोषण तथा शिक्षादिक्षामा समस्या परेको स्थानीयले बताएका छन् । सानै उमेरमा बुबाआमा गुमाएका बालबालिका अहिले आफन्तको शरणमा रहेर अध्ययन गरिरहेका छन् । 

अभिभावकबिहीन बालबालिकाका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले असोज महिनाको पारिश्रमिकबाट रु २० हजार रकम प्रदान गर्ने घोषणा गर्नुभयो । तत्कालीन नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिवालय सदस्य किरातको स्मृतिमा यही असोज ४ गते आयोजना गरिएको कार्यक्रममा प्रमुख चाम्लिङले एक बच्चाको अभिभावकत्व पनि ग्रहण गर्ने घोषणा गर्नुभएको छ । 

आफन्तको इच्छाअनुसार सात बालबालिकामध्ये एकको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको प्रमुख चाम्लिङले बताउनुभएको छ । 

बुबाआमा दुवै गुमाएपछि बिचल्लीमा परेका बालबालिकाको पालनपोषण तथा पठनपाठनमा सघाउ पुर्याउन समाजसेवी खडेन्द्र राईको अध्यक्षतामा ११ सदस्यीय सहयोग समिति गठन गरिएको छ । ‘स्व चन्द्र किरात तथा टलकुमारी राई परिवार सहयोग समिति’ नाम दिइएको समितिले रसिद छपाएर आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेको कोषाध्यक्ष गणेश कार्कीले बताउनुभयो । 

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगर कमिटीले आयोजना गरेको स्मृति दिवसमा सङ्कलन भएको रकम प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार