2026-08-25 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

बलात्कारका घटना : कारबाहीमा तीव्रता

असोज ११, भोजपुर (रासस) | जिल्ला प्रहरी कार्यालय भोजपुरले बलात्कारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । 

बलात्कारका घटना बढ्न थापेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरमा प्रमुख प्रहरी नायब उपरीक्षक केशव थेवेले बताउनुभयो । 

प्रहरीले भोजपुरका साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङकी पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा १६ वर्षीय सन्देश भनिने सविन राईलाई पक्राउ गरेको छ । 

राईले असोज ६ गते बालिकालाई करणी गरेको प्रहरीको भनाइ छ । त्यस्तै १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भोजपुर नगरपालिका–१ डाँडा वोखिमका २५ वर्षीय मदन राईलाई पक्राउ गरेको छ । राईले असोज २ गते बालिकालाई पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । 

भोजपुरको हतुवागढी गाउँपालिका–६ माटोखानी टोलबाट एक ४७ वर्षीय अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा स्थानीय २५ वर्षीय छत्रमान राईलाई पक्राउ गरेको छ । राईले असोज २ गते करणी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार