पढ्न करिब 1 मिनेट लाग्छ

असोज ११, सल्यान । विहिबार सम्पन्न कपुरकोट गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले दुई वटा कार्यविधि पारित गरेको छ । एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ र घ वर्गको निर्माण व्यवशायीलाइ इजाजतपत्र दिने सम्बन्धी कार्यविधि २०७५ पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारि दिए ।

एफएम रेडियो सम्बन्धको कार्यविधिमा १०० वाट सम्मको एफएम रेडियो सञ्चालनका लागी अनुमती, नविकरण र नियमन गर्ने जस्ता व्यवस्था रहेको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा बसेको बैठकले योजना तथा कार्यक्रम कार्यान्वयनको कार्यतालिका पनि पारित गरेको छ । यस्तै दशैको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने र अन्य विविध विषयमा छलफल एवम् निर्णयहरु भएको रिजालले जनाएका छन् ।