2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णाली प्रदेश रेडक्रसको संयोजकमा मुगुका मल्ल निर्विरोध चयन

नन्द बहादुर रोकाया | असोज ११, मुगु | नेपाल रेडक्रस सोसाईटी शाखाकार्यलय मुगका सभापती एवम केन्दीय सदस्य तिलक बहादुर मल्ल नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको संयोजकमा निविरोध चयन हुनु भएको छ । 

विगत २५ बर्षदेखि सामाजिक क्षेत्रमा योगदान गदै आउनुभएका मल्ल नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको संयोजकमा निविरोध चयन हुनु भएको हो । मल्लको संयोजकत्वमा १५ सदस्यीय नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश तर्दश समिति समेत चयन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी को विधान २०२० ( सत्रौ संसोधन २०७४)को २७.१ अनुासार मल्ल लाई कर्णाली प्रदेशको संयोजकमा चयन गरीएको नेपाल रेडक्रस सोसाईटी तर्दश समितिले जनाएको छ । 

सदस्यमा कर्णाली प्रदेशका १० वटै जिल्लाका पदधिकारी समेटिएका छन । संयोजक मल्ल नेपाल रेडक्रसमा आवद्ध हुदाँ शुरुमा सदस्यबाट शुरुवाती गर्नुभएको थियो । पछी समाजमा उल्लेखिय र उदारणिय काम गदै समाज रुपान्तरणमा अनवरत रुपमा लागी सबैको मन मुटुमा बस्न सफल मल्ललाई पछील्लो समय कर्णाली प्रदेशकै एक सफल सामजिक अभियान्ताका रुपमा चित्रण समेत गरीन्छ ।

संयोजक मल्लले मुगु जिल्लाको सामाजिक बिकासमा समेत ठुलो योगदानपुर्याउनु भएको छ । समाज लाई सुसुचित बनाउन रेडियोको स्थापाना देखि सहकारीकारुपमा पहिलो सहकारी चंखेली तथा रेडपाण्ड सहकारीको स्थापाना, नेत्र ज्योति संघको स्थापाना समेत गर्नु भएको छ । मल्लले रेडक्रसको,मन्त्री हुदै जिल्ला रेडक्रस सभापतीमा चार बर्ष ,केन्द्रीय सदस्यमा दुई बर्ष सम्म सेवा समेत गर्नु भएको छ । 

समाजमा उदारणिय कामगरेको आधारमा मल्लले दैविक प्रकोप उद्धार राष्ट्रिय पुस्कार ,मावन सेवा पदक लगायत बिभिन्न कदर पदक समेत प्राप्त गुर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ