२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’, राजधानी पनि टुंगो लाग्यो

२०७५, १२ आश्विन शुक्रबार १२:२३

असोज १२, धनगढी । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाईको बहुमतले पारित भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले भने बैठकसमेत बहिस्कार गरेका छन् ।

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालको १४ सांसदले मत नहालेपनि पक्षमा ३८ मत पर्दा २ तिहाईले प्रदेश ७ को नाम 'सुदूरपश्चिम' पारित गर्यो ।

त्यस्तै प्रदेशसभा बैठकले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका २ तेघरीमा राख्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ ।

यस संगै नाम र राजधानीको नाम टुंगो लगाउने प्रदेशमा सुदूरपश्चिम तेस्रो प्रदेश बनेको छ । अब ४ प्रदेशको नाम राख्न बाँकी छ । यस अघि नै गण्डकी र कर्णाली प्रदेश नाम राखिएका छन् । 

प्रदेशसभाले प्रदेशको नाम र राजधानी चयन गर्नका लागि नेकपाका सांसद तारा लामा तामाङको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो । उक्त समितिले केही दिनअघिमात्र प्रतिवेदन दिएको थियो । समितिको प्रतिवेदन अनुसार नै प्रदेशको नाम र राजधानी पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस