२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा गृहमन्त्री थापामाथि ‘बलात्कारी’ को आरोप, नेकपाद्वारा आपत्ति

२०७५, १३ आश्विन शनिबार १६:५५

प्रेम सुनार | असोज १३, गुल्मी | आज दिउँसो सदरमुकाममा गृहमन्त्री रामबहादुर थापा ( वादल ) को कार्यक्रममा विरोध प्रदर्शन गर्ने नेपाल तरुण दलका कार्यकर्ता र  नेविसंघका विद्यार्थीहरु अराजक बनेको आरोप नेकपा गुल्मीले लगाएको छ ।  सो पार्टीका प्रस्तावित सचिव बुद्धि जिसीले भने–‘ दुई पार्टीका नेता स्तरमा  स्वास्थ्य सेवा दिने जस्तो विशुद्ध सामाजिक कार्य भई रहेको स्थान महेन्द्र नमुना माविको प्रङ्गाण भित्रको बृहत निशुल्क स्वास्थ्य शिविरमा विरोध प्रदर्शन नगर्ने सहमति भएको थियो । 

हामीले कांग्रेस नेता विष्णु वलाल र नेवि संघ नेता सुदर्शन खनाल लगायत संग भेटेर यस्तो सहमति गर्दा गर्दै सहमति विपरित लुकी छिपी उहाँहरुले जुन हर्कत गर्नु भयो त्यो राजनीतिक गतिविधी होईन, अराजक गतिविधी हो –उनले भने–‘ बरु बाहिर बाटो हिडेका बेला गृहमन्त्रीलाई कालो झण्डा देखाएर बिरोध गरेको भए त्यसलाई राजनैतिक गतिविधी भन्न सकिन्थ्यो ।’

बृहत निशुल्क स्वास्थ्य शिविरमा कैयौं मानिसहरुले  खल्तीबाट पैसा हालेर शिविर चलाएर दुखी गरिवलाई  स्वास्थ्य सेवा दिदै थिए । उहाँहरुको हो हल्लाले कतिपय महिलाहरुले जचाउन जाने कागज समेत च्यातेर भागेको हामीले देख्यौं ।  दुखी विमारी र अर्काको पैसा माथी राजनीती ?– उनले थपे –‘त्यहाँ त  भोलिन्टियर पो गर्न जाने हो  हो हल्ला र विरोध त्यहाँ कुन नैतिकताले गर्न सकिन्छ ।’

उनले त्यो भन्दा पनि एक विद्यार्थीले ‘वलात्कारी गृहमन्त्री …’ भनिएको अभिब्यक्तिलाई निकै आपत्तीजनक रुपमा लिएको बताए । युट्युवमा उक्त अभिब्यक्ति भाईरल भई सकेको छ ।  यस सम्वन्धमा नेपाल तरुणदल गुल्मीका संयोजक तथा वडाध्यक्ष भरत भलामीको ध्यानकृष्ट गराउँदा आफुहरु विरोधका कुनै कार्यक्रम गर्न नपुगेको प्रंहरी कै  हस्तक्षेपका कारण साथीहरु उत्तेजित भएर नारावाजी, हो हल्ला भएको दावी गरे ।

उनले भने– ‘हामी त गृहमन्त्री ज्युको ध्यानकृष्ट गराउन तीन वटा नारा लेखेर प्लेकार्ड देखाउन गएका थियौं ।  प्रहरीले हामीलाई मञ्च अगाडी छिर्न नदिई धरकपड गर्यो । हामीले गृहमन्त्री विरुद्ध  विरोध  प्रदर्शन गर्ने कार्यक्रम बनाएको भए कालो झण्डा र पार्टी संगठनको झण्डा बोकैरै जान सक्थ्यौं  । ’

‘निर्मला जस्टीज फर निर्मला, (निर्मलालाई न्याय देउ ) महिला हिंसा अन्त्य गर, सरकारको लाचारी त्यसैले हाम्रो खवरदारी’ लेखेको प्लेकार्ड बोकेर गएका थियौं, ने.वि. संघका केन्द्रिस सदस्य सुदर्शन खनालले भने विरोध कार्यक्रम गर्न गएका होईन, ध्यानकृष्ट गराउन गएका हौं तर प्रहरीको हस्तक्षेपले गर्दा आफुहरुलाई नारावाजी गर्न बाध्य पारेको हो ।, मुलुकी संहिता अनुसार बढो आपत्तीजनक अभिब्यक्ति दिईएको छ ।

एक कार्यकर्ताले बलात्कारी सरकार र बलात्कारी गृहमन्त्री भनेका छन् । फेशबुकमा  एउटा तस्वीर राखेकोमा त कानुनी कठघरामा उभिनु पर्छ भने गृहमन्त्रीलाई वलात्कारी भन्नु अराजकताको पराकाष्ट भएको र ब्यक्तिको मानहानी गरिएको नेकपाका नेताहरुले टिप्पणी गरेका छन । 

माथिको तश्विरमा: नेता बुद्धि जिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस