२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा एक किशोरीमाथी सामुहिक बलात्कार, तरुण दलका सभापतिसहित २ जना पक्राउ

२०७५, १४ आश्विन आईतवार ०८:०५

अशोज १४, धनगढी । नेपाली काँग्रेसका युवा संगठन तरुण दलका नगर सभापति बीरबहादुर बोहरा र स्थानीय युवा शिवशंकर जोशीले एक किशोरीलाई सामूहिक बलात्कार गरेको खुलासा भएको छ । उक्त घटना नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्लामा भएको हो ।

पशुराम नगरपालिका ५ बस्ने एक किशोरीलाई स्थानीय २ युवकले सामुहिक बलात्कार गरेका हुन् ।

अनन्ते मेलाबाट घर फर्किने क्रममा असोज ९ गते राति सोही नगरपालिका पोखरीका बीरबहादुर बोहरा र वडा नम्बर १० कुरमुल्लेका शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको डडेल्धुरा प्रहरीले बताएको छ ।

प्रहरीले आरोपी बोहरालाई पक्राउ गरिसकेको छ । उनी नेपाली काँग्रेसका युवा संगठन तरुण दलका नगर सभापति हुन् ।

राजनीतिक अगुवाले नै बलात्कारको नेतृत्व गरेपछि स्थानीय चिन्तित भएका छन् । बोहोराले नै बलात्कारको योजना बनाएको बताइएको छ ।

प्रक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराले १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । फरार जोशीको इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले खोजीकार्य गरिरहेको डडेल्धुरा प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण