२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी

२०७५, १४ आश्विन आईतवार ०८:०९

असोज १४, चितवन | रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आङ्गिक र निजी क्याम्पसमा भर्ना प्रक्रिया सँगसँगै अघि बढाउने तयारी गरेको छ । 

विश्वविद्यालयले आठ निजी क्याम्पसलाई दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेको थियो । त्यसविरुद्ध निजी क्याम्पसहरूले सर्वाेच्च अदालत दायर गरेको रिट निवेदनमा उक्त निर्णय कार्यान्वयन नगर्न गरेको अन्तरिम आदेशबमोजिम उक्त विश्वविद्यालयले निजी क्याम्पसमा समेत भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने भएको हो । 

विश्वविद्यालयका उपकूलपति प्रा डा ईश्वरीप्रसाद ढकालले सर्वाेच्च अदालतको आदेश विश्वविद्यालयले पालना गर्ने र यसका लागि भर्ना समिति गठन गरी भर्ना प्रक्रिया अगाडि बढाइने बताउनुभयो । विश्वविद्यालयको कार्यकारी परिषद्ले असार २० गते आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि प्राध्यापक र विद्यार्थी आन्दालनमा उत्रेका थिए । आन्दोलनपछि साउन १४ गते मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयले दिएको सम्बन्धन खारेज गर्ने निर्णय गरेकामा त्यसविरुद्ध निजी क्याम्पस गत साउन ३१ गते सर्वाेच्च अदालत पुगेका थिए । भदौ १ गते सर्वाेच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकामा भदौ १२ गते उक्त आदेशलाई निरन्तरता दिएको थियो । 

विश्वविद्यालयले कृषि स्नातकमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि सहकारी संस्था इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज नवलपरासी, गोर्खा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतलाई सम्बन्धन दिएको थियो । यस्तै वनको सम्बन्धन पाउनेमा सिद्धान्त कलेज गैँडाकोट पनि छ । 

यसैबीच सरकारको निर्णय विश्वविद्यालयले कार्यान्वयन नगरी निजीलाई सम्बन्धन दिने शृङ्खलावद्ध गतिविधिको विरोधमा विश्वविद्यालयको परीक्षा र शैक्षिक कार्यक्रमबाहेक सम्पूर्ण कामकारवाही बन्द गरिएको विद्यार्थी सङ्गठनले जनाएका छन् । ती सङ्गठनले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको नियमित कामकाज प्रभावित हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण