2026-11-02 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फिदिम नगरपालिकाको कार्यपालिकाले गर्यो ९ वटा निर्णय

कमल घिमिरे | असोज १५, पाँचथर | पाँचथरको फिदिम नगरपालिकाको कार्यपालिकाको आज बसेको २० औ वैठकले ९ वटा विभिन्न निर्णय गरेको छ । 

यस नगरपालिकाबाट प्रदान गरिने आर्थिक सहायता दिने मापदण्ड तयार नभए सम्मको लागि विभिन्न निर्णय सर्वसम्मतले पारित गरेको छ । मान्यता प्राप्त अस्पताल बाट दिर्घ वा असाध्य रोग मृगौला,फोक्सो,क्यान्सर मुटु उपचारका लागि दश हजार रुपैया दिने,गर्भवती सुत्केरी अति विपन्न महिलालाई पोषण भत्ता बापत्त ३ हजार रुपैया दिइने,खाडी मुलुकमा वैदेशिक रोजगारका क्रममा निधन भएका विपन्न परिवारलाई क्रियाखर्च बापत्त २० हजार रुपैया दिने निर्णय भएको हो । 

यस्तै मातृपाटीहरुको अधिवेशनको लागि १० हजार रुपैया दिने,जनवर्गिय संगठनहरुको भेला अधिवेशनका लागि ५ हजार रुपैया दिने,नगर स्तरीय खेलकुद कार्यक्रमका लागि बिस हजार रुपैया दिने निर्णय गरिएको फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले बताउनुभयो ।

यस्तै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुद कार्यक्रमका लागि ५० हजार रुपैया,नगर स्तरीय सांस्कृतिक कार्यक्रमका लागि ५ हजार रुपैया,वडा स्तरीय कार्यक्रमका लागि ३ हजार रुपैया दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिनुभयो । यस्तै विद्यार्थी अनुसार दरवन्दी नभएका विद्यालयहरुमा स्वयम सेवक शिक्षक राखिने निर्णय गरिएको छ ।

नगर शिक्षा समितीले गरेको सिफारिसको आधारमा २१ वटा विद्यालयमा २४ जना स्वयम शिक्षकहरु राखिने भएको फिदिम नगरपालिकाका योजना प्रशासकिय अधिकृत डम्बर बहादुर आङदेम्बेले बताउनुभयो ।

यस्तै आ.व ०७४/०७५ मा फिदिम नगरपालिकाले निजी विद्यालय दर्ता र कक्षा थप अनुमति दिँदा लिएको धरौटी राखिएको रकम नगर शिक्षा समितीको निर्णयाअनुसार सम्वन्धित विद्यालयहरुलाई फिर्ता गर्ने निर्णय गरिएको हो । जसमा फिदिम नगरपालिकाका ५ वटा विद्यालयहरु रहेका छन् । फिदिम नगरपालिकाको आफ्नै लोगो निर्माण गरि प्रयोग गर्न राष्ट्रिय तथा स्थानिय दैनिक पत्रिकामा ३० दिने सार्वजनिक सुचना प्रकाशन गरि नगरपालिकाको भौगोलिक,सांस्कृतिक,धार्मिक,सामाजिक विशेषता झल्किने गरि कुनै ब्यक्ति,डिजाइनर संस्था बाट पेश गर्ने गराउने निर्णय सर्वसम्मत पारित गरिएको फिदिम नगरपालिका उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी थाङसाङ खोला आसपासको जग्गा नक्सा ग किता नम्बरको सब्जि बजार तथा पशु बधशाला लगायत साप्ताहिक हाट,बजार सम्वन्धित ब्यक्ति,पक्षसँग वार्ता गरि सिफारिस गर्न देहाय बमोजिम जग्गा छनोट तथा सिफारिस समिती गठन गर्ने निर्णय सर्वसम्मत पारित गरियो ।

वडा नम्बर १ का वडा अध्यक्ष हर्क बहादुर मोक्तानको संयोजकत्वमा ५ सदस्य समिती समेत गठन गरिएको छ । यस्तै फिदिम नगरपालिका वडा नम्बर ४ को कार्यालय जग्गा प्राप्तीको लागि हेल्पिङ हेण्ड नेपालको नाममा फिदिम ४ स्थित बत्तिसे डाँडामा रहेको जग्गा सम्वन्धित ब्यक्ति,पक्षसँग वार्ता गरि प्रतिवेदन पेश गर्न जग्गा छनोट तथा सिफारिस गर्न देहाय बमोजिम समिती गठन गर्ने निर्णय सर्वसम्मत पारित गरिएको छ । वडा नम्बर ४ का वडा अध्यक्ष प्रकाश गुरुङको संयोजकत्वमा ४ सदस्य समिती गठन गरिएको छ । यस्तै फिदिम नगरपालिकामा रहेका विभिन्न प्रकारका योजनाहरुका लागि समपूरक कोष तथा आकस्मिक योजना अन्र्तगत शिवालय मन्दिर मर्मतका ८ लाख रुपैया विनियोजन गर्नुपर्ने देखिएको छ । यस्तै सुखबोध माविको भवन निर्माणका लागि २१ लाख रुपैया र वि.पी.पार्कको लागि ५ लाख रुपैया रकम विनियोजन गरिएको छ । यस्तै आ.व ०७५/०७६ को लागि स्थानीय सरकार संचालन ऐन, ०७४ को दफा ७४ मा भएको ब्यवस्था बमोजिम फिदिम नगरपालिका क्षेत्र भित्र संघीय सरकारको सार्वजनिक खरिद नियमावली ०६४ लागु गर्ने निर्णय सर्वसम्मत पारित गरिएको छ । त्यसैगरी नगरपालिका बजार क्षेत्र भित्रका पक्की सडकको खाल्डाखुल्डी पुर्न,मर्मत सम्भार गर्नको लागि प्राविधिक लागत इस्टिमेट बमोजिम रकम विनियोजन गर्ने निर्णय सर्वसम्मत पारित गरिएको छ । कार्यपालिकाको वैठक भोली पनि चल्ने छ । २७ वटा एजेण्डा मध्ये ९ वटा एजेण्डा सर्वसम्मतले पारित गरिएको नगरपालिका प्रवक्ता गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द