सशस्त्र प्रहरी नै क्रिश्चियन धर्मका नेता ! क्यान्सर निको हुने, निसन्तानलाई सन्तान समेत !

साझासवाल
12 Min Read

प्रेम सुनार | असोज १७, बुटवल | ‘म सशस्त्र प्रहरीको जागिर गर्दै छु । मेरो जागिर १५ पुरा भई  १६ मा टेक्दै छु ।  म प्रभु यशु ख्रिष्टको प्रदेश दुत हुँ । म र मेरी श्रीमतिले तनहु र लम्जुङ्गमा प्रभुको प्रचार गर्दै आएका छौं , झण्डै ३ सय जना सहभागि कार्यक्रम हलमा आफुलाई बुद्ध गुरुङ्ग नाम र सशस्त्र प्रहरीको जागिरे बताउने ब्यक्तिले प्रभु यशुख्रिष्टको यसरी प्रचार मुलक भाषण  गरे ।

केश कटिङ्ग देखि जिउँडाल र लवाज समेत प्रहरी वा सेनाको मान्छे भनेर अनुमान गर्न सकिने उनले यसरी प्रचार गरेकी मानिसको  जिवनमा आउने सवै खाले परिवर्तन उनै प्रभुको बिश्वास गरेर मात्र सम्भव छ ।  मंगलबार विहान देखि गुल्मीको सदरमुकाम तम्घासको ईन्दे्रणी पार्टी प्यालेसको सभा हल भित्रको कुरा हो यो ।

पोखरा, बुटवल, स्याङ्गजा, अर्घाखाँची सम्म बाट आफुलाई प्रभु यशुख्रिष्टको प्रचार गर्ने लिडर बताउनेहरु मध्ये  उनै गुरुङ्गलाई बोल्ने समय दिईयो । उनै नेपाल सशस्त्र प्रहरीकै मान्छे हुँ भन्नेले नै प्रभुको चमत्कार बारे चर्चा गरे पछि सहभागि  बालक देखि बृद्ध सम्म बिश्वासयुक्त मुद्रामा  ध्यान पुर्वक सुनिरहेका थिए ।

अलि बुझ्नेलाई भने उनि सशस्त्र प्रहरीका  वाहलवाला जागिरे हुन भने कसरी क्रिश्चिन धर्म प्रचारका त्यो पनि प्रदेश दुत हुन सके ? कि उनले सोझा साझीलाई बिश्वास दिलाउन सशस्त्र प्रहरीको हवला दिदै भ्रममा पारिरहेका  त हैनन ? यस्तो सवाल मनमा खेलाउनेहरु पनि थिए ।

उनले प्रभुको बिश्वास गर्न लागे पछि आफुमा आएको परिवतर्नको यसरी बखान गर्छन–‘ म यसमा लागेको चार बर्ष भयो । गत चैत्र महिनामा हामीले यस धर्मको  तीन महिने लिडरशिप तालिम पोखरमा लिएका थियौ । त्यस पछि म प्रदेश दुत भएको हुँ । प्रभुको बिश्वास नगर्नु अघि सम्म म विरामी हुने , दुव्लाउने, पाईलस जस्ता जटिल रोगबाट ग्रसित थिएँ ।

मादक पदार्थ पिएर श्रीमतिसंग दिनहुँ झगडा हुन्थ्यो । अहिले  म एक मुठी बियर पनि पिउँदीन । श्रीमतिसंग कहिल्लै झगडा पनि हुन छाड्यो । मेरो त्यो विमार पनि अहिले औषधी उपचार नै नगरी आफै निको भएर यस्तो फुर्तिलो छु । प्रभु यशुलाई लाख-लाख धन्यवाद…’ उनको प्रशिक्षणको जिम्मा लागु औषधी दुव्र्यसनी विरुद्ध मानिसहरुलाई त्यस धर्ममा आकर्षित गर्ने रहेको बुझियो ।

प्रभुको बिश्वास गर्दा यस्तो छ जादुको छडी

उनि जस्ता सहभागि दर्जनौ नेता स्तर मध्ये  प्रभुको बिश्वास गरेदेखि कसैले बर्षऔ अघि देखि बेपत्ता भएको छोरा प्रभुको बिश्वास लिएको एक हप्ता मै भेटिएको बताउँदै थिए । मानौ कि प्रभुको बिश्वास यस्तो जादुको छडीकी क्यान्सर, मुटु रोग, मेरुदण्ड निको हुने,  निसन्तानलाई सन्तान  समेत हुने र अन्य समस्या समेत स्वतः समधान हुने जादुई छडी ।

कसैले मेरुदण्ड नचल्ने भएर थला परेको र प्रभुको बिश्वास लिन साथ फुर्तिलो भएको । कसैले पाठे घरमा क्यान्सर भएको डाक्टरले अप्रेशन गर्नु पर्ने झन्झन दिए पछि आफु प्रभुको बिश्वास गर्न गए पछि आफै निको भएको । कसैले  खुट्टा नै नचल्ने गरेको जब प्रभुको बिश्वास गर्न साथ अहिले भारी बोकेर हिड्न सक्ने बनेको ।

कसैले किडनीको विमार आफै निको भएको बतए । कुनै महिलाले आफ्नो श्रीमान सधै बिरामी पर्ने गरेको, डाक्टरकहाँ लगेर हैरानी परे पछि प्रभुको बिश्वासमा लागे पछि आफै निको भई अहिले सुखद दाम्पत्य जिवन बिताएको बताउँदै थिए ।  एक जनाले आफु विगतमा विल्लीबाँठ भएको, विहान बेलुकाको गुजारा समेत चलाउन सक्ने अवस्था नभए पछि प्रभुको शरणमा पर्न साथ छोराहरु लण्डन, कोही अमेरिकाको भिषा आई अहिले सम्पन्न र शुखी जिवन ब्यातित गरेको बताउँदै थिए ।

विज्ञानलाई ठाडो चुनौती

कार्यक्रमका सबै त्यस धार्मिक प्रचारक नेताहरुले मेडिकल विज्ञानलाई ठाडै चुनौती मात्र दिएनन्,  उपाहस समेत गरिरहेका थिए । पोखराबाट त्यस धर्मकी प्रमुख प्रचारक मध्येकी ज्ञानु दिदीले बर्तामान अवस्थामा चेली बेटीको बलात्कार घटना घट्नुमा सांसारिक अर्थात हिन्दु धर्मलाई दोषारोपण गर्दै थिईन । हेर्नुन, संसारिक दुनियाँमा यति बेला देशैभर साना नानीहरु समेत बलात्कारको शिकार भई रहेका छन, यता हाम्रो स्वर्गमा बिश्वास गर्नेहरु मध्ये एउटी वालिकाको गवाही म यहाँ सुनाउन चाहन्छु,  ।

उनले थपिन–‘एक दिन बाटोमा एउटी बालिका  बलात्कारको शिकार हुँदै गरेको बेला उनका दाजुले च्याप्प समेतर बलात्कारीबाट बहिनी छुटाउन सफल भएछन ।  त्यस पछि उनका दाजुले यस्तो गवाही यसरी दिदै थिए–‘धन्न प्रभुको बिश्वास गरेको थिएँ र बहिनी बचाउन सफल भएँ । ’

उनिहरुको सवै कुराहरु प्रति बिश्वास ग्रहण गर्दै सोझा साझी महिलाहरु लिन भई रहेका थिए । उनिहरुको शब्दै पिछे परर्र थालीको गडगडाहट थियो ।  असफलताबाट सफलताको कुरा सुनाउन साथ ताली हान्न मञ्चबाट संकेत हुन्थ्यो ।

घोकाएको कुरा विराउनेहरुलाई सिकाउँदै

तम्घास अर्घाखाँचीका केहि दलित र जनजाती महिला पुरुषहरु मञ्चमा पुगेर परिचय दिन समेत नसक्ने खालका थिए । त्यसका बाबजुद पनि प्रभुका बारेमा बोल्न केहि दिन यता घोकाउँदै आएको स्पष्ट बुझ्न सकिन्थ्यो ।   त्यस्ता कुरा बोल्न कोखैमा बसेकी प्रचारक महिला  दुर्गा लामिछाने नाम बताउनेले   सिकाउँदै थिईन ।

बिराएको खण्डमा मायालु पाराले हल्का हिर्काउँदै र सामन्य  झपार्दै थिईन ।  ‘ भिडियो खिच्नेहरुले प्रष्टै सुन्न सकिन्थ्यो कि उनले खानेखुसी गर्दै सिकाएको कुरा  । भन्दै थिईन–‘ पहिला यस्तो बिमार थियो ।  अहिले सबै ठिक भयो,  प्रभुलाई लाख लाख धन्यबाद् भन्नु के कस्तो बिर्सेको हो  ।’

६ महिना देखि सरोकारवालाले सुईको पाएनन्

स्याङ्गजा घर भई  त्यस धर्म प्रचारमा पोखरा बाट गुल्मीमा   गत ६ महिना देखि  परिचालित उनि तम्घासको एक डेरामा बसेर खुल्लाम खुल्ला संविधानको धज्जी उडाउँदै धर्म प्रचारमा लाग्दै आएकी  छन । तम्घासको महंङ्गो कोठा र सटर भाडामा लिएर उनी, उनका छोरा  लगायत केहि समुह नै  प्रचारमा सक्रिय छन । उनिहरुले गुल्मी र अर्घाखाँचीलाई कार्य क्षेत्र बनाएका छन ।

कार्यक्रममा सहभागीहरु अधिकांस  दलित र गरिव देखिन्थे । अगुवाहरु समाजमा चिनिएका  केहि दलित र जनजाती  नेताहरु थिए । केहि किशोरीहरुलाई निकै आकर्षक पहिरनमा चिटिक्क  सिंगारेर कार्यक्रमको शोभा बढाईएको थियो ।  सभाहलको बातवरण नाचगान सहित  बसी रहुँ लाग्थ्यो ।  उक्त पार्टी प्यालेस यति बेला गुल्मीको हकमा काठमाण्डौको सोल्टी होटल जस्तै महँङ्गो मानिन्छ  । निकै महँङ्गो हल भाडा लिएर आयोजना  गरिएको त्यस कार्यक्रमकी मुख्य प्रचारक मध्ये ज्ञानु दिदीको लबाई खुवाई ‘हाईफ्रोफाईल लेवल’ को लाग्यो , –एक सहभागिले भन्दै थिए ।  उनले बाँधेको घडी  हिरा जडित जस्तै देखिन्थ्यो । त्यसको ज्योति बेला बेलामा आँखामा टल्कीन्थ्यो । उनले लगाएका झुम्काको टलक पनि हिरा जोडित हो कि भनेर अनुमान गर्न सकिन्थ्यो ।

उनले सुरुमा कुनै राजनैतिक दल, कुनै धर्ममा आकार्षित गर्न आफुहरुले यस्तो कार्यक्रम नराखेको कुरा सुरुमा भने पछि वचन खुवाउँदै प्रभुको बिश्वास गर्न बाँचुञ्जेल छाड्न नहुनेमा प्रतिबद्ध गराउँदै थिईन । अर्का धर्म गुरुले पनि सोही कुरामा जोड दिदै थिए ।

कसैलाई दशै आए जस्तो थियो

काठमाण्डौ देखि  चार पाँच जनाको टिम केहि दिन यता त्यसै पार्टी प्यालेसको अट्याज बाथरुम सहित उच्च सुविधा सम्पन्न कोठा लिएर  तयारीका लागि बसेको सुनाईयो । कार्यक्रमको स्यवम सेवकका रुपमा यता उता गरिरहेकाहरु पालैपालो करिव २० जनाको समुहले  मासु– भात सहितको स्तरिय खाना खाँदै थिए ।

त्यस पछिको खाजा नास्ता  गरिव  परिवारका  लागि मिठो मुख लगाउँने दशै चाड आए जस्तो थियो ।  दलित समुदाय उतार्नका लागि बढि मात्रमा  तम्घास भुजेलखर्क लक्षित गरिएको देखियो । सहभागि महिला मध्ये कतिपय घरयासी तनाव  सहँदै आएका , कसैका सन्तान नभएका , कसैले उपचार पाउन नसकेका , कसैले समाजको उत्पीडन सहेका , कोही छुवाछुद विभेद र अन्य अन्याय अत्यचारबाट आजित भएका र  एकाधा आर्थिक उपार्जनमा उच्चमहत्वकान्क्षि हुन कि जस्ता पनि  देखिन्थे ।

तर काम लागेन जादुई छडी

जस्तो सुकै जटिल समस्याको पनि प्रभुको बिश्वास गरे समधान हुने , जिवनका सफताहरुले आफै पछ्याउने, जस्तो सुकै जटिल बिमार पनि स्वतः निको हुने प्रचार प्रसार  ब्यापक रुपमा गरिदै आएको थियो । त्यो थाह पाउन साथ अर्घाखाँचीको छत्रदेव गाउँपालिका –५ , उल्का नाच्नेचौर स्थित सुकुम्वासी र हरेक अभावले विक्षिप्त  बनेकी   ५५ बर्षिया बाटुला देवि दमैलाई त्यो कुरा सच्चा ईश्वरको वरदान जस्तै लाग्यो । अन्ततः त्यहाँका केहि महिलाहरुको सहारामा उनि तम्घास पुतली बजारको उनिहरु बस्ने घरमा शरण पर्न आईन ।

उनि पाठे घर र ब्लड प्रेसर विमारको औषधी खाई रहेकी थिईन । प्रभुका अनुयायीहरुले त्यो औषधी खान छाड्नुस, प्रभुको विश्वास लिदै प्राथनामा जुट्नुस्, प्रभुको कृपाले आफै निको हुन्छ भन्ने सुझाव दिए । उनले एक महिना जति औषधी खान छाडेर प्रभुको प्राथनामा लागिन । अन्ततः उनको मृत्यु भयो । उनका छिमेकी अर्घातोषका सञ्चारकर्मी तथा हिन्दु  जागरण नेपालका केन्द्रिय सदस्य दिपेन्द्र श्रेष्ठले त्यो भ्रम हो, अकालमा ज्यान जाला,  बरु औषधी उपचार गर्ने पैसा छैन भने हामी गाउँवासीले उठाउँला भनेर  सुझाए । तस्वीरः सोतो टिशर्टमा माईक समातेर बोल्दै उनै सशस्त्र प्रहरी बताउँने ब्यक्ति र अन्य सहभागि तर उनि त्यस धर्ममा लिन भई सकेकी थिईन । उनले मानिनन् । श्रेष्ठ भन्छन त्यसको केहि दिन नबित्दै उनको दुई महिना अघि मृत्यु भयो । मैले उनका छोरा बाबुलाललाई त्यस विरुद्ध मुद्धा हाल भने ।  तर उनि म गरिव छु , केहि जान्दा पनि जान्दिँन भनेर डराए ।

श्रेष्ठका अनुसार पहिलो चोटी अर्घाखाँची तर्फ गएर फर्केका उनिहरु दोश्रो पटक बृहत कार्यक्रम गर्न त्यसै अर्घाखाँचीमा जाँदै थिए । श्रेष्ठ लगायतका युवाहरुले अवरोध गरे पछि उनिहरु कार्यक्रम नगरी फर्केका थिए । बिश्व हिन्दु महा संघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जातिय विभेदको असमानतालाई तिलको पहाड बनाउँदै बिशेष गरी दलित समुदायलाई धर्म परिवर्तनको निशाना क्रिश्चियनहरुले गराउने गरेको आरोप लगाए ।

‘धर्म परिवर्तन लागि डलरको खेती भई रहेको छ ।  केहि मानिसहरुलाई पैसा बाँडेर होल टाईमर बनाईको छ ,  केहि माओवादी र कांग्रेसहरुका मित्रहरु समेत पैसा खाएर भ्रम छरिरहेका छन’–उनले यस्तो आरोप लगाउँदै भने–‘ धर्मको प्रचार गर्न जुन कुनै धर्मलम्वीहरुले आफ्नो समुदायहरु भित्र पाईएला तर नचाहिदो भ्रम छर्ने काम भने रोकिनु पर्दछ ।’ उनले थपे–‘ भेटीका नाममा उनिहरुले पैसा समेत असुल्दै आएका छन ।

जिल्लामा क्रियाशिल क्रिश्चियनहरुले भने स्वभाविक र सबै धर्मलम्वीहरु संग सद्भावपुर्ण ढंगले प्रचार प्रसार र धार्मिक कार्यक्रमहरु गर्दै आएका छन । यहाँका मुस्लीम समुदाय र हिन्दु समुदाय पनि समाजमा असाध्धै मिलेर बस्दै आएका छन । पछिल्ला यी समुहको प्रचार प्रसार अस्वभाविक र रणनीति फरक लागेको सरोकारवालाको ठम्याई छ ।

रहयो कुरा सशस्त्र प्रहरी हुँ भन्नेको

आज खुल्ला औपचारिक कार्यक्रममै आफुलाई सशस्त्र प्रहरीको जागिरे बताउने ती ब्यक्तिले दिएको अभिब्यक्ति गम्भीर आपत्ती जनक छ । उनी यदि सशस्त्र कै वाहलवाला हुन भने उनलाई कुनै पनि धार्मिक सप्रदायिकताका पक्ष र विपक्षमा बोल्ने आँट कसरी आयो ? उनी माथी कार्बाही हुने कि नहुने ?

यदि परिचय ढाँटेर बोलेका हुन भने उनलाई धार्मिक ठगका रुपमा कार्वाही हुनु पर्ने श्रेष्ठ र भुसाल बताउँछन ।  उनिहरु भोली पाल्पा कार्यक्रम गर्न आजै जाँदै छन । उनि खास को हुन ? भन्ने बारे बुझ्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको ध्यानकृष्ट गराईएको छ ।  पौड्यालले भने–‘मैले सशस्त्रका डिएसपी सावलाई पनि बुझ्न लगाएको छु । उनिहरु यहाँबाट  हिडी सके  रहेछन ।  भोली सम्म पाल्पा संग बुझेर उनको बास्तविकता के रहेछ बुझ्ने छौं ।’

Share This Article
Leave a Comment

Leave a Reply