टिप्स | बच्चा तथा युवाहरुलाई कफीयुक्त इनर्जी ड्रिंक्स बेच्न निषेध गरिनुपर्ने विशेषज्ञहरु बताउँछन् । यसले मानिसमा मोटोपन र मानसिक स्वास्थ्य समस्याबाट बचाउन सकिन्छ । विशेषज्ञका अनुसार कफी संभवत: संसारमै सबैभन्दा बढी प्रयोग गरिने साइकोएक्टिव ड्रग हो, किनकी यसले ध्यान र जागरूकतामा मानव सरिरलाई सक्रियता बढाईदिने काम गर्छ ।
ब्रिटेनको रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थ (आरसीपीसीएच) का प्रोफेसर रसेल वाइनरको अनुसार, "कफीले ध्यान र जागरूकतामा मानव सरिरलाई सक्रियता बढाईदिने काम गर्छ तर यसको साथै व्यग्रताको बढावा र निन्द्रा रोक्ने काम गर्छ, तथा यो बच्चाको व्यवहार सम्बन्धि समस्यामा जोडिन्छ ।" हालसालै गरिएको अध्ययन अनुसार यस्तो जानकारी पनि पाइएको छ कि यसले बिकसित हुँदै गरेको दिमागमा चिन्ताजनक प्रभाव पर्छ ।
टिप्पणिकार वाइनरले भने अनुसार यो चिन्ताजनक बिषय हो, किनकी मनोवैज्ञानिक तनावबाट जोखिमयुक्त व्यवहार देखिने खतरा पैदा हुनसक्छ, जसमा ड्रगको प्रयोग वा एकेडेमिक क्षेमता प्रदर्शन गर्ने क्षेमतामा कमी आउन सक्छ | उनले द बीएमजे जर्नलमा प्रकाशित आफ्नो पर्चामा बह्नेका छन्, "यसैले बच्चा र युवाहरुलाई कफीयुक्त इनर्जी ड्रिंक्स बेच्नबाट प्रतिबन्ध लगाइनु पर्छ, ताकि मोटोपन र मानसिक स्वास्थ्य समस्या जोडिएको छ ।"
यदि यसलाई सीमित मात्रामा सेवन गरिन्छ भने खासै समस्या हुँदैन तर यसको सेवन दैनिक वा अनुपात भन्दा बढी गर्नाले दिमागी रुपमा बिकसित भईरहेका बच्चा तथा किशोरहरुलाई सबैभन्दा बढी समस्या पुर्याउँछ । त्यसो त आजकलका मानिस यती धेरै कफीयुक्त पेयपदार्थको सेवन गर्छन कि लतनै लागे जस्तो भएर कफी वा कफिजन्य पेय पदार्थबिना आफ्नो दिननै शुरू नगर्ने हुन्छन । यो नियमित दिनचर्याको हिस्सा बनिसकेको छ ।

१. चिन्ताको कारण बन्न सक्छ ।
२. अनिद्राको समस्या हुन्छ ।
३. उच्च रक्तचाप (हाई ब्लेडप्रेशर) हुन्छ ।
४. कफी सेवन गर्ने लत पनि लाग्न सक्छ ।
५. अत्यन्त थकावट महशुस हुन्छ ।
६. लगातार पिसाव आउन सक्छ ।