2026-09-19 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको आधा दर्जन स्थानमा लोकल बस सञ्चालन

चिसाङ शेर्पा | असोज १७, खोटाङ | खोटाङमा दशै तिहारलाई लक्षित गरेर आधा दर्जन स्थानमा लोकल बस सञ्चालनमा आएको छ । हिउँदसगै सडकहरुमा भएको खाल्डाखुल्डी मर्मत गरिएपछि विभिन्न स्थानमा बसहरु सञ्चालनमा आएको हो ।

सम्बन्धित पालिका तथा त्यसका वडाहरुले आफ्नो स्थानमा बिग्रिएको सडकलाई मर्मत र सफा गरेपछि बस गुडाउन थालिएको हो । मंगलबार परिक्षणका रुपमा बस गुडाएपछि बुधबारबाट नियमित दिक्तेल–मात्तिम, खिदिमा, दिक्तेल–रेग्मीटार–रसुवाघाट, दिक्तेल–निर्मलीडाडाँ, दिक्तेल– जालपा र माक्पामा बस सञ्चालनमा आएको खोटाङ यातायात प्रालिका व्यवस्थापक रामकुमार हिङमाङले जानकारी दिए । जिल्लाका आन्तरिक सडकमा चल्ने सवारी साधनको भाडादर पनि पुरानै कायम गरिएको छ ।

यस्तै, खोटाङ यातायात प्रालिले दशै अगाडी नै दिक्तेल–वाक्सिला, दिक्तेल–चखेवाभन्ज्याङ, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–टेम्मा र दिक्तेल–पञ्चमीवजारमा बस सञ्चालनमा ल्याइने जनाएको छ । त्यसका लागि गाउँपालिका र नगरपालिका तथा वडाहरुले सडक बनाउनमा चासो दिनुपर्ने यातायात प्रालिले जनाएको छ । हाल आन्तरिक र बाह्यगरी खोटाङ यातायात प्रालिको दैनिक २२ वटा बस दिक्तेलबाट छुट्ने गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई