२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नगरपालिका र आन्दोलनरत पक्षबिच दुई बुँदे सहमति पश्चात आन्दोलन फिर्ता (सहमतिपत्र सहित)

१७ आश्विन २०७५, बुधबार १४:४१

राम नारायण पंडित | असोज १७, सिरहा | मिर्चैयामा करको बिरोधमा जारी आन्दोलन नगरपालिकासंग सहमतिसंगै फिर्ता भएका छन् । मिर्चैया नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त संघर्ष समितिबिच बुधबार दुई बुँदे सहमति पश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । 

नगरपालिकाका मेयर श्रबण कुमार यादब र आन्दोलनरत संयुक्त संघर्ष समितिका बार्ता समितिका संयोजक अशोक कुमार साहको संयुक्त हस्तक्षर रहेको सहमति पत्रको पहिलो बुँदामा आन्दोलनरत पक्षका सम्पुर्ण माँगहरुमा मिर्चैया नगरपालिकाले छलफल गरी कर, राजस्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संसोधित बिषय बस्तुहरुको कार्यान्वयन गर्न गराउनका लागि नगरकार्यपालिका र नगरसभामा पेश गरी नगरसभाबाट अनुमोदन गराई मंसिर ५ गतेभित्र कार्यान्वयन गरिनेछ र दोस्रो बुँदामा सर्बपक्षिय संयुक्त संघर्ष समिति मिर्चैयाले आफ्ना आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता गरिने उल्लेख रहेका छन् । 


समितिले साउन २९ गते कर बृद्धि फिर्ता लगायत बिभिन्न ८ बुँदे माँग राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रको पहलो बुँदामा रहेको हाल नगरपालिका लिईरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित गर्नुपर्ने र दोस्रो बुँदामा रहेको पुरानो कर पनि संशोधन पश्चात मात्र लागु गर्नुपर्ने बुँदाको बिषयमा सहमति भएपनि नगरसभाबाट पारित गरी मंसिर ५ गते भित्र कार्यान्वयन गर्ने लिखित सहमति भएको छ । त्यसैगरी अन्य बुँदाहरुमा रहेको  आ.व. २०७४/०७५ को वडा र नगर स्तरीय योजनाहरुको लागत ईष्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनुपर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनुपर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनुपर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनुपर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराई निःशुल्क हुनुपर्ने लगायतका बिषयमा सहमति भएको नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताए । 

नगरपालिकासंग भएको सहमतिमा कार्यान्वयन हुनेमा आफुहरु विश्वस्त रहेको सर्बपक्षिय समितिका बार्ता समिति संयोजक अशोक कुमार साहले बताए । नगरपालिका र आन्दोलनरत पक्षबिच भाद्र १५ गतेदेखि असोज १७ गतेसम्म बिभिन्न ७ चरणमा भएको बार्ता सहमतिसंगै टुंगिएको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान