२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई साताको अमेरिका बसाइपछी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०७५, १८ आश्विन बिहीबार ११:३९

असोज १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो अमेरिका भ्रमण सकेर फर्किएका छन् | संयुक्त राष्ट्र संघको महासभाको ७३ औँ बैठकमा सहभागि भएर ओली विहीबार स्वदेश फर्किएका हुन् । 

प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।


गत असोज ६ गते महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गदै प्रधामन्त्री ओली न्युयोर्क प्रस्थान गरेका थिए । 

महासभा बैठकपछि प्रम ओली  कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणमा गएका थिए । 

त्यस्तै प्रधानमन्त्री ओलीले न्यूयोर्कमै राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधनपछि कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता पनि गरेका थिए । 

प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयले (युनिभर्सिटी फर पिस) प्रदान गरेको मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गरेका थिए ।  

प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागि थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध