असोज १८, दमौली | तनहुँमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ | बालकको मृत्यु भएपछि स्थानीयले तनहुँको भानु- २ स्थित डुम्रे बेसिसहर सडक अवरुद्ध पारेका छन् । नारायणगढबाट बेसिसहर जाँदै गरेको बा ३ ख ४५३४ नम्बरको यात्रुबाहक बसले भानु-२ बाह्रबिसेमा साइकल चलाइरहेका १० वर्षीय निरकुमार पोख्रेललाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो।
बिहीबार दिउँसो करिब २ बजे भएको घटनामा संलग्नमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन्।
उनीहरुले सडकमै बालकको शव राखेर सडक अवरोध पारेका छन्।