कमल घिमिरे।पाँचथर,असोज १८
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल घिमिरे।पाँचथर,असोज १८

२०८३, २१ जेष्ठ बिहीबार
पाँचथर - PCT

फिदिम नगरपालिकाको कार्यपालिका ले गर्यो थप निर्णय

२०७५, १८ आश्विन बिहीबार १३:४०

कमल घिमिरे।पाँचथर,असोज १८
पाँचथरको फिदिम नगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको वैठकले ११ वटा विभिन्न निर्णयहरु गरेको छ ।
नगरपालिकाको नगर प्रहरी ब्यवस्थापन कार्यविधी ०७५ सर्वसम्मत स्वीकृत गर्ने निर्णय पारित गरेको छ । यस्तै होमेस्टे संचालन कार्यविधी ०७५ लाई सर्वसम्मत स्वीकत गर्ने निर्णय पारित गरिएको हो ।
स्थानिय सरकार संचालन ऐन ०७४ को दफा १४(२) बमोजिम यस नगरपालिकाको काम कारवाही ब्यवस्थित गर्न लगानी भित्रयाउन,दाताहरुसँग समन्वय गर्न,परियोजना प्रस्ताव तयार गर्न एक्सपर्ट पोल विज्ञ समूह गठन गर्ने निर्णय सर्वसम्मत पारित गरिएको हो ।
त्यसैगरी नगरपालिकाको निर्णयहरु गर्नका लागि फिदिम नगरपालिका कार्यसम्पादन नियमावली सर्वसम्मत पारित गरियो । जसमा प्रकाश गुरुङको संयोजकत्वमा ३ सदस्य समिती रहेका छन् । यस्तै फिदिम माविलाई प्राविधिक शिक्षालय अनुमति दिने निर्णय सर्वसम्मत पारित गरिएको छ ।
त्यसैगरी डिभिजन सडक पाँचथरलाई मेची राजमार्गको लगत तयार गर्न अनुरोध गर्ने निर्णय सर्वसम्मत पारित गरिएको हो । यस्तै नगरपालिका काम कारवाही ब्यवस्थित गर्न कारवाही फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङको संयोजकत्वमा ३ सदस्य समिती गठन गरिएको हो । त्यसैगरी कार्तिक २५ गते महागुरु फाल्गुनन्द जन्मजयन्तिको पावन अवसमार आयोजना हुने कार्यक्रमलाई नगर कार्यपालिकाको कार्यालय बाट निर्णय गरी आर्थिक सहयोग गर्ने निर्णय सर्वसम्मत पारित गरिएको छ ।
त्यसैगरी नगरपालिका क्षेत्रभिका सम्पूर्ण विद्यालय र स्वास्थ्य चौकीहरुको आ.व ०७४÷०७५ को अन्तिम लेखा परिक्षण गर्ने,गराउने जिम्मा नगर कार्यपालिकाको कार्यालयलाई दिने निर्णय गरिएको छ ।
त्यसैगरी फिदिम नगरपालिकाको सम्पूर्ण योजना कार्यक्रमहरुको कार्यान्वयन गर्नका लागि सम्बन्धित वडाका वडा समितीको बहुमतको निर्णयले उपभोक्ता समिती गठन गर्ने निर्णय सर्वसम्मत पारित गरिएको नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै