२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको मुलपानीमा प्रहरीको छापा, भागदौडमा दुई जनाको मृत्यु

२०७५, २० आश्विन शनिबार ०३:३०

असोज २०, काठमाडौं ।  गएराति काठमाडौंको मुलपानीमा रहेको एक जुवा घरमा प्रहरीले छापा मारेको छ । प्रहरीले छापा मार्दा भागदौड गर्ने क्रममा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन ।

यस्तो भएको थियो घटना

कागेश्वरी-मनोहरा नगरपालिका मुलपानीस्थित तेण्डु शेर्पाको घरमा संगठित रुपमा जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा प्रहरीको टोली छापा मार्न गएको थियो । 

घरको पहिले तलामा चेन गेट लगाएर तेस्रो तलामा जुवा खेलाइने गरिएको रहेछ । माथि जानका लागि प्रहरीले चेनगेटको तल्चा फुटाउँदै गर्दा करीब ३० जनाको संख्यामा जुवातास खेल्दै गरेकाहरु भागाभाग गर्न थाले।

झ्यालबाट हामफालेर भाग्ने क्रममा दुई जना घरको आगनमा रहेको टिनको कटेरोमा टाउको बजारिएर गम्भीर घाइते भए । उनीहरुलाई प्रहरीले आफ्नै भ्यानमा हालेर उपचारका लागि ललितपुरको ग्वार्काेस्थित बीएन्डबी हस्पिटलमा लग्यो । हस्पिटलमा दुवै जनाको मृत्यु भयो । 

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ जोरपाटी बस्दै आएका सोमलाल तामाङ र ठेगाना नखुलेका सरोज घले रहेको बरिष्ठ प्रहरी उपरीक्षक लामाले बताए । 

प्रहरीले जुवा घरबाट एक महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ । साथै तीन थान तास र एक थान(१६ओटा) कौडा, ४ लाख ५८ हजार २२५ रुपैयाँ नगद बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ८ वटा मोटरसाइकल एक गाडी पनि प्रहरीको नियन्त्रणमा रहेको बरिष्ठ प्रहरी उपरीक्षक लामाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ