२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’ : मुख्यमन्त्री शाही

२० आश्विन २०७५, शनिबार ०५:०४

शुरबहादुर सिंह, असोज २०, सुर्खेत ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताउनुभएको छ । 

कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उहाँले स्थानीय तथा प्रदेश तहको विकासमा मुख्य बाधक गरिबी नै भएकाले र यसविरुद्ध जुध्नु हामी सबैको साझा दायित्व भएको बताउनुभयो । 

मुख्यमन्त्री शाहीले भन्नुभयो, “गरिबी बिरुद्ध लाग्न हरेक नागरिक आत्मनिर्भर बन्ने लक्ष्यका साथ जुट्न जरुरी छ ।” श्रम र मेहनत बिना कुनै पनि समाज, क्षेत्र र देशको विकास नहुने भन्दै उहाँले मुलुकको विकास नहुनुमा विकासका योजना कार्यान्वयन हुन नसक्नुनै सबैभन्दा ठूलो चुनौती रहेको चर्चा गर्नुभयोे । 

उक्त प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासका निम्ति सरकार कटिबद्ध भएर लागेको जानकारी दिँदै विकासका सम्भावनाको खानीमा बसेर गरिबीको बिल्ला भिर्नुपर्ने विवशताबाट मुक्ति पाउन कर्णालीवासीले थुपै चुनौतीका पहाड फोड्नुपर्ने र हरेक तहले विकासको महाअभियानमा एकसाथ लाग्नुपर्नेमा जोड दिनुभयो । 

भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले संरचनाबिनै सरकार सञ्चालन गर्नुपर्दा अधिकतम् समस्या सामना गर्नुपरेको बताउनुभयो । 

अन्तक्र्रियामा कालीकोट जिल्लाका नौवटै स्थानीय सरकारका प्रमुखले सिंहदरबारको अधिकार अहिलेसम्म गाउँमा नआएको र जनशक्ति अभावमा काम गर्नुपरेको गुनासो गरेका थिए । 

खाँडाचक्रमा सिसी क्यामेरा 

कालीकोट सदरमुकाम मान्म खाँडाचक्रमा शुक्रबार १७ वटा सिसी क्यामेरा जडान गरिएको छ । 

मुख्यमन्त्री शाहीले उक्त कार्यक्रम शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले छोटो समयभित्र कालीकोट सदरमुकामलाई डिजिटल प्रणालीमा जोड्न पहल गरिने जानकारी दिनुभयो । 

“मान्म अब कर्णाली प्रदेशको सुरक्षित सदरमुकाम बन्नेछ”, उहाँले भन्नुभयो, “प्रविधिको साहायताले यहाँका नागरिकको शान्ति सुरक्षामा मात्र टेवा मात्र पुग्ने छैन हरेकको असल चरित्र निर्माणमा सघाउ पु¥याउनेछ ।” 

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले सुर्खेत, दैलेख, जुम्ला र मुगु जाने मान्छेको आवतजावतलाई सहज बनाउन, आपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम सिसी क्यामेरा जडान गरिएको बताउनुभयो । 

जिल्ला प्रहरी प्रमुख तथाप्रहरी नायब उपरीक्षक विनोद शर्माले खाँडाचक्र नगरपालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी र स्थानीय बैंकको सहयोगमा रु ११ लाखको लगानीमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । उक्त प्रविधिको कन्ट्रोलरुम जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा