२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाबाट दश स्वराजी पक्राउ, एभिन्यूजकर्मी कामतिमाथी दुरव्यवहार

२१ आश्विन २०७५, आईतवार १५:३३

असोज २१, सिरहा | सिरहाबाट स्बतन्त्र मधेश गठबन्धनका १० कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन–पत्र बुझाउन जाँदा प्रहरीले मुलगेटमा रोकी भित्र प्रवेश गर्न नदिएपछि उनीहरु नाराबाजी गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्दै एक महिला सहित १० जनालाई आज पक्राउ गरेका हुन् । 

पक्राउ पर्नेहरुमा सतिला यादव, मनिस यादव, बालेश्वर यादव, शुभलाल महतो, राजकुमार यादव, जितन यादव, ज्ञान कामती, पप्पु यादव, राजकुमार यादव र रामसुगन यादव रहेको स्वराजी सुदिपराज कुशवहाले बताए । पक्राउ परेकाहरुलालई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको उनले बताए । 


तारेखका लागि जिल्ला अदालत पुगेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतसँगै सिरहा पुगेका उनीहरु तारेख पश्चात् ज्ञापन–पत्र बुझाउने कार्यक्रम राखेका थिए । तारेख सकेपछि डा. राउतलाई बिदाई गरेर उनीहरु ज्ञापन–पत्र बुझाउन जाँदा भित्र प्रवेश गर्न नदिएपछि राउत समर्थकले प्रहरी र प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गरेपछि लाठी चार्ज गर्दै उनीहरुलाई पक्राउ गरेका छन् ।  

गत भदौं १५ गते नेपाल प्रहरीको हिरासतमा राममनोहर यादवको हत्या भएको भन्दै न्यायको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा न्यायिक छानबिन समिति गठन, राम मनोहर यादवलाई शहिद घोषणा, शहिद परिवारलाई उचित क्षतिपूर्ति, शहिद पत्नीलाई जागिर र बच्चालाई शिक्षा लगायतका मांग राख्दै उनीहरु आन्दोलित भएका छन् । 


एभिन्युजकर्मी कामतिमाथी दुरव्यवहार

जिल्ला प्रशासन कार्यालय सिरहा समाचार संकलन गर्न पुगेका एभिन्युजका सिरहा समाचारदाता शुभनारायण कामतिलाई प्रहरीले दुरव्यबहार गरेका छन् । महिलामाथि समेत पुरुष प्रहरीले दुव्यवहार गर्दै कुटपिट गरिरहेको फोटो खिच्न जाँदा अपन दैनिक पत्रिकाका प्रकाशक/सम्पादक तथा एभिन्यूज र जनताटाइम्स अनलाइनका सिरहा संवाददाता कामतीलाई फोटो र भिडियो खिच्न नदिई प्रहरी नायब निरिक्षक दिप नारायण यादवको कमाण्डमा रहेका प्रहरी टोलीले दुव्र्यवहार गर्नको साथै क्यामरा खोस्ने प्रयास गर्दै हातपात गर्न खोजेका थिए । यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) जिवन श्रेष्ठ संग बुझ्न खोज्दा फोन उठेन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान