2026-10-18 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा बेलुवा ५ बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा बिक्री गर्न पाइने

असोज २१, अर्घाखाँची | अर्घाखाँची जिल्ला भर मदिरा विक्री वितरण गर्न लागि एउटै समय लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको वैठकले बेलुवा ५ बजे देखि राति ९ बजे सम्म मात्रै मदिरा बिक्री गर्न पाइने निर्णय गरेको हो । 

वैठकमा जिल्लाका ओटै स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो । समाजमा दिनानुदिन हिंसा बढ्दै गएकाले मदिरा विक्री वितरणमा कडाइ गर्न लागेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो । उहाँले तोकिएको समय बाहेक अन्य समयमा कसैले पनि विक्री वितरण  र सेवन गरेको पाइएमा तुरुन्तै प्रहरीलाई खवर गर्न आग्रह गर्नु भएको छ । 

जनप्रतिनिधिहरुले मदिरा विक्री वितरण सम्वन्धी बनाइएको नयाँ नियम लागू गर्न कुनै कसुर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वैठकले घरेलु मदिरा विक्री वितरणमा समेत कडाइ गर्ने निर्णय गरेको छ । गर्भवति महिला र १८ वर्ष उमेर समुह भित्रका बालबालिकाहरुले मदिरा सेवन गर्न नपाइने भन्दै कोहि कसैले सेवन गरेको पाइएमा रोक्न पहल गरिने भएको छ । वैठकले सावैजनिक जग्गालाई संरक्षण गर्न विशेष ध्यान पुर्याउने निर्णय गरेको छ । सबै स्थानीय तहले आफ्नो क्षेत्र भित्र रहेको सार्वजनिक जग्गाको यकिन क्षेत्रफल पत्ता लगाउने कार्यमा जुट्ने भएका छन् । 

सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घरटहरा हटाउने विषयमा समेत छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी भुसालले केहि स्थानीय तहको अडिट रिपोर्ट निकै संवेदनशिल रहेको भन्दै परदर्शी ढंगले काम गर्न आग्रह गर्नु भएको छ । उहाँले आफूले अख्तियार प्रमुखको समेत जिम्मेवारी सम्हालेकाले  कार्यालयका काम कारवाहीलाई प्रभावकारी बनाउन स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुलाई निर्देशन समेत दिनुभएको छ । 

प्रहरी नायव उपरिक्षक नवराज मल्लले चाड पर्वको समयमा  हुन सक्ने संभावित जोखिम न्यूनिकरण गर्न प्रहरीले आफ्नो काम सुरु गरिसकेको बताउनु भएको छ । वैठककमा सितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेल, उपप्रमुख तुल्सादेवी श्रेष्ठ  मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख प्रमिला क्षेत्री, पाणिनि गाउँपालिकाका प्रमुख अच्युत गौतम, उपप्रमुख लक्ष्मी गौतम, भुमिकास्थान नगरपालिकाका प्रमुख खडानन्द बेल्वासे, भसमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि अर्याल, सन्धिखर्कका प्रमुख प्रशासकिय अधिकृत निरज गौतम, छत्रदेवका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ लगायत पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, सदस्य अर्जुन भुसाल लगायतले  बोलेका थिए । 

वैठक प्रमुख जिल्ला अधिकारीको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु