२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला काण्डः विष्टलाई शौचालय पठाएर हस्तमैथुन गर्न लगाइयो !

२०७५, २२ आश्विन सोमबार ०४:४८

असोज २२, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको नमुना नै हेरफेर गरेको खुलासा भएको छ । 

प्रहरीले दिलिप सिङ विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, विष्टलाई दोषी प्रमाणित गर्न प्रहरीले नमुना परिर्वतन गराएको पाइएको छ । प्रहरी नायव निरीक्षक हरसिंह धामीका अनुसार विष्टले शौचालयमा हस्तमैथुन गरेको र हातमा विर्य लगाएर आएका थिए । 


विष्टले जे-जे गरे सबै प्रहरीकै इसारामा गरेको बुझिएको छ । केहि दिन अघि सार्वजनिक भिडियोमा विष्टले आफूले निर्मलाको हत्या गरेको स्वीकार गरेका थिए तर रिपोर्ट उनकै पनि नेगेटिभ आएको थियो । उक्त भिडियो कसैबाट निर्देशित रहेको बताइन्छ । घटनामा कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी डिल्लराज विष्टसहितको टोलीले प्रमाण संरक्षण गर्नुका साटो नष्ट गरेको समेत आरोप लगाइएको छ । सरकारी छानविन समितिले समेत उक्त बिषयलाई सदर गरेको छ, साथै प्रमाणका रुपमा प्रयोगशालामा पठाइएको नमुनामै हेरफेर गरेको खुलासा गरेको छ ।

प्रतिवेदनअनुसार जिप्रका कञ्चनपुरले भदौ ४ गते तयार पारेको बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, निलो रंगको भित्र शरीरमा लगाउने गन्जी र खैरो रंगको जिन्स हाफपाइन्ट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ८ गते पठाइएको थियो । तर, दुई दिनपछि जिप्रकाले दुई वटा चलानी नम्बरमा पत्र लेखेर नमुनामा नै सच्याएको पाइएको छ । ‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्चाइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

मुचुल्कामा उल्लेख भएको निलो कट्टु, गञ्जी र हाफ पाइन्ट दिलिपसिंह विष्टको घरबाट बरामद भएको थियो । त्यसपछि विष्टबाट बरामद भएको नयाँ नमुना प्रयोगशालामा पठाएको छानविन समितिको ठहर छ । ‘प्रयोगशालामा पठाइसकेको नमुना किन परिर्वतन गर्नु पर्‍यो ?’, छानबिन समितिका एक सदस्यले भन्छन्, ‘मुचुल्कामा उल्लेख भएको नमुना हेरफेर गरेर अपराधी लुकाउन खोजिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु