2026-09-19 08:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चाडपर्वमा सुरक्षामा कडाई

चिसाङ शेर्पा | असोज २२, खोटाङ | चाडपर्व नजिकिएसँगै जिल्लामा सुरक्षालाई थप मजबुत बनाइएको छ । चाडपर्वमा अपराधिक क्रियाकलाप मौलाउन नदिन, झै झगडा, चोरी डकैतीजस्ता सम्भावित घट्नावाट सुरक्षित हुनका लागि सुरक्षा व्यवस्थालाई थप कडा बनाईएको हो ।

जिल्ला प्रहरी कार्यालय दिक्तेलले दशै तिहारलाई मध्येनजर गरेर रातीको समयमा बाक्लो तथा लामो गस्ती, सवारी साधन र संकास्पद ब्यक्तिलाई आकस्मिक चेकजाँच, बैंक, बित्तिय संस्थामा सादा पोशाकमा प्रहरी परिचालन, चौकीहरुलाई सर्तकता, बैंक÷सुरक्षा गार्डलाई सुरक्षा दिने लगायतका रणनीतिहरु अपनाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए । 

खाशगरी प्रहरीले जिल्ला भित्रिने नाकाहरुमा सवारी साधन चेकजाँच र मादक पदार्थमा कडाई गरेको छ । सवारी चालकलाई जुनसुकै जुनैवेला पनि सादा पोशाकमा खटिएका प्रहरीले आकस्मिक मापसे चेकजाच गर्ने र मापसे सेवन गरी समाजमा होहल्ला गरेमा त्यस्ता व्यक्तिलाई पक्राउ गरी समाजमा शान्ती सुरक्षा, सुव्यवस्था कायम गर्ने काममा प्रहरी २४ सै घण्टा खडा रहेको डिएसपी केसीले बताए ।

प्रहरीले चाडपर्वमा चोरी हुन सक्ने संम्भावित स्थानहरु सुनचादी पसल, बैंक, वित्तिय संस्थाहरुलाई सुरक्षा÷परामर्श दिइरहेको छ । खोटाङमा अस्थाई प्रहरी पोष्ट ६ वटा,  प्रहरी चौकी १६ वटा, ईलाका प्रहरी कार्यालय ६ वटा, दुईवटा एयरपोर्ट सुरक्षा गरी ३३ वटा प्रहरी युनिटले अन्य समयमा भन्दा चाडपर्वमा सुरक्षालाई थप कडा बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई