2026-08-25 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसीको दुई वडामा शाखारहित बैंकिङ सेवा सुरु

चिसाङ शेर्पा | असोज २२, खोटाङ | जिल्लाको च्यास्मिटारमा ३४ औं माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवाको सुचारु भएको छ । बचत गर्ने बानीको विकास गराउने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा बैकिङ सेवाको सुरुवात भएको हो ।

शाखा रहित बैंकिङ सेवाको सोमबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले उद्घाटन गर्नुभएको छ । बैकिङ सेवाबाट स्थानीयहरुले आफ्नै गाउँघरमा बसेर दैनिक दुईलाख बचत, दैनिक एक लाखसम्म नगद निकाल्न, नयाँ खाता खोल्न र आईएमई, प्रभु, सिटी एक्प्रेस, हिमाल रेमिट लगायतका ३० वटा रेमिट्यान्सको कारोवार गर्न सकिने माछापुछ्रे बैंक हलेसी शाखाका शाखा प्रवन्धक खगेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

बैकिङ सेवा सुचारु भएपछि स्थानीयहरुको समय, काम र पैसाको बचत तथा फजुल खर्चमा कमी आउने हलेसी तुवाचुङ नगपालिकाका नगरप्रमुख इवन राईले बताए । आईतबार धितुङपछि च्यास्मिटारमा बैंकिङ सेवा विस्तार गरिएको र नगरको अन्य वडामा क्रमशः बैंकिङ सेवा विस्तार गरिने उहाँको भनाई छ ।  

सवै वडामा बैंकिङ सेवा विस्तारपछि निकट समयमा सामाजिक सुरक्षा भत्ता उक्त बैंकहरुबाट उपलब्ध गराउने नगरपालिकाको योजना रहेको उपप्रमुख बिमला राईले बताईन् । हिजो बुईपास्थित पञ्चरदोवाटोमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा सुरुवात गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ