Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा ६५ ड्रम जाँड र २० लिटर अवैध मदिरा बरामद गरि नष्ट

२०७५, २३ आश्विन मंगलवार ०३:५६

असोज २३, सल्यान | सल्यानको कपुरकोट बजारबाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट पारिएको छ । बजार अनुगमन निर्देशिका अनुसार गठन भएको समिती, प्रहरी र पत्रकारको टोलिले सोमबार संयुक्त बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु मदिरा र मदिरा बनाउन तयार पारिएको जाँड बेलुका नै डम्पिङ साइडमा लगेर नष्ट पारिएको कपुरकोट गाउँपालिकाले जानकारि दिएको छ ।

साथै दशैँ तिहार नजीकिदै गर्दा बजारमा हुन सक्ने कालोबजारी तथा म्याद गुज्रेका सामग्री विक्रि वितरणमा रोक लगाउने उद्देश्य सहित बजार क्षेत्रका पसल, होटल, मेडिकल, एग्रोभेट आदिको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारि दिए ।


अनुगमनको क्रममा म्याद गुज्रेका विस्कुट, चाउचाउ, कुरमुरे, परफ्यूम पनि फेला परेको र ती म्याद गुज्रेका सामग्री पनि नष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी जीवराज केसीले जनाएका छन् ।

कतीपय पसलहरु दर्ता नभएका पाइएकाले पसलहरुलाई सम्बन्धित निकायमा दर्ता गर्न आग्रह गरिएको उनले बताए । यस्तै पसलमा मूल्यसूची र साइनबोर्ड समेत राख्न आग्रह गरिएको केसीले बताए ।

अवैध मदिरा नष्ट गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले घरेलु मदिराको अबैध कारोबारलाई रोकथाम गर्न प्रहरी र सरोकारवालाहरुको समन्वयमा विशेष अभियान सञ्चालन गरिएको जनाए ।


यस्तै उपभोक्ता हित संरक्षण समितीका संयोजक तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले महिला हिंसा र घरे लु हिंसा बढ्नुमा मदिरा प्रमुख कारणको रुपमा देखिएको भन्दै गाउँपालिकाभरिका सबै वडाहरुमा अनुगमन र अवैध मदिरा नियन्त्रण अभियान सञ्चालन हुने जानकारि दिइन् ।

घरेलु मदिरा सेवनकै  कारण आपराधिक गतिविधि बढ्ने  र शान्ति सुरक्षा एवं अमनचै नमा खलल पुर्याउने  भएकाले  अबै धरुपमा उत्पादन गरिएको  मदिरा नष्ट गनेर्  अभियानलाइ जारि राखीने प्रहरी चौकी कपुरकोटका इन्चार्ज सुरेन्द्र बुढाथोकीले बताए । अनुगमनमा वडा अध्यक्षहरु, उद्योग वाणिज्य संघ सल्यानका प्रतीनिधी, पत्रकार, बजार व्यवस्थापन समिती, व्यापारि लगाएतको सहभागीता थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश