२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाबाट सालकको खपेटासहित २ जना पक्राउ

२०७५, २३ आश्विन मंगलवार ०७:२७

असोज २३, चरिकोट | संरक्षित वन्यजन्तु सालकको खपेटासहित दोलखा प्रहरीले दुईलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनीहरुको साथबाट दुई केजी ९०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटा प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको टोलीले भीमेश्वर नगरपालिका–३ स्थित लामाचौर आसपासको महादेव मन्दिरबाट उनीहरुलाई पक्राउ गरेको थियो । अर्जुन देवकोटाले भिरेको झोला प्रहरीलाई शङ्कास्पद भई रीतपूर्वक खानतलासी गर्दा झोलाभित्र निलो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा दुई केजी ९०० ग्राम सालकको खपेटा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय दोलखाले मात्र २०७१ असोज २२ गतेदेखि हालसम्म विभिन्न मिति तथा स्थानबाट १० केजी ८०० ग्राम सालकको खपेटा बरामद गरेको छ । गत साउन २५ गतेमात्र भीमेश्वर नगरपालिका–७ निवासी होमबहादुर थापालाई ३८० ग्राम सालकको खपेटासहित पक्राउ गरेको थियो । 

दोलखामा सालकको खपेटा ओसारपसार तथा बेचबिखन गर्ने गिरोहको समूह बढ्दै गएको र त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द