२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३४ जिल्लामा सरलीकृत फाराम सञ्चालनमा

२०७५, २४ आश्विन बुधबार ०२:३६

असोज २४, काठमाडौँ (रासस) | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ३४ जिल्लाका आफ्नो मातहतका भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फाराम सञ्चालनमा ल्याएको छ । 

मालपोत कार्यालयमा सेवाग्राहीको लगत व्यवस्थित गर्ने, विचौलियालाई न्यूनीकरण गर्ने, यस क्षेत्रका विभिन्न समस्या समाधान गरी कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले शुरु गरिएको नयाँ फारामको ३४ जिल्लामा भएको व्यवस्थाले मुलुकको ६० प्रतिशत भूमिको कारोबारलाई व्यवस्थित बनाउने छ । 

पहिलो पृष्ठको शीर्षस्थानमा लिखत गराई लिने खरिदकर्ताको विवरण र सहिछापको व्यवस्था छ । ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट शुरु गरिएको सरलीकृत फाराममा ‘एफोर’ साइजको लिखत बमोजिमको जग्गा समावेश गर्दा खरिदकर्ताको हदबन्दी भन्दा बढी जग्गा कायम हुँदैन । 

नाम, ठेगाना, नागरिकता नम्बर र जारी मिति, खरिदकर्ताको वारिस भए निजको विवरण सही छापसहितको विवरण, संरक्षक चाहिने भएमा त्यसको विवरणलगायतका विषयवस्तु फाराममा समावेश गरिएको छ । 

मालपोत र नापी कार्यालयमा हुने अनियमितता न्यूनीकरण गर्न मन्त्रालयअन्तर्गत देशैभरका १३१ कार्यालयमा यस्तो फारामको व्यवस्थापन गरी समय सापेक्ष अत्याधुनिक सेवा पारदर्शी रुपमा सञ्चालन गरिने लक्ष्य लिइएको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताउनुभयो । एक वर्षभित्र १०५ कार्यालयमा यस्तो फारामको व्यस्था गरिने छ । 

पछिल्लो पटक विकास भएका विभिन्न प्रविधि तथा उपकरणलाई प्रयोग गरी सेवाग्राहीलाई अत्याधिक लाभान्वित गराउने नीति मन्त्रालयले लिएको छ । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जग्गा प्रशासन प्रत्यक्ष रूपमा जनतासँग जोडिएको हुँदा यस क्षेत्रको कारोबारलाई थप भरपर्दो र जनमुखी बनाउनका लागि बैंकिङ प्रणालीको प्रयोग बढाउँदै लगिने बताउनुभयो । 

सरकारी कार्यालयबाट प्राप्त हुने सेवामा सहजै पाउने जनताको अधिकार भएको भए पनि विसं २०२१ को भूमिसम्बन्धी ऐन र विसं २०३४ को मालपोत ऐनमा आधारित भई कार्य सम्पादन भइरहेको छ । यस क्षेत्रमा भएका ढिलासुस्ती र समस्या समाधान गर्नका लागि पुराना ऐन संशोधन गर्नुपर्ने भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आचार्यले विचार व्यक्त गर्नुभयो । 

जग्गा जमीन भनेको संवेदनशील विषय भएको र जनताको सम्पत्तिलाई यथार्थ रूपमा अभिलेख गरी सुरक्षित बनाउने दायित्व मालपोत कार्यलयको भएको भए पनि विभिन्न समयमा यस क्षेत्रका बिचौलियाको सञ्जाल र प्रभावले बेलाबेलामा समस्या आउने गरेको छ । 

ललितपुरस्थित मालपोत कार्यालयका प्रमुख भीमप्रसाद गौतमले उक्त कार्यालयले आव २०७४÷७५ मा रु तीन अर्ब ३८ करोड राजश्व सङ्कलन गरेको जानकारी दिँदै संस्थामा अहिलेसम्म बैंकिङ कारोवार हुँदै आएकामा हिजो देखि इविलिङको सेवा थप गरिएको बताउनुभयो । 

यहाँ लेखापढी व्यवसायी गर्दै आउनुभएकी रशिका महर्जनले नयाँ प्रविधिको प्रयोगले कार्य सम्पादनलाई छिटो, दुरुस्त र व्यवस्थित बनाउने भए पनि त्यसलाई अवलम्बन गर्न केही समय लाग्ने विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा